एक किलो सलह ल्याउनेलाई ५०० रुपैयाँ ! | Khabarhub Khabarhub

एक किलो सलह ल्याउनेलाई ५०० रुपैयाँ !


३० असार २०७७, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- सलहलाई विषादीको प्रयोग नगरी नियन्त्रण गर्ने विभिन्न उपायअन्तर्गत एक किलो सलह ल्याउनेलाई रु ५०० दिने प्रस्ताव गरिएको छ ।

यसअघि विभिन्न क्षेत्रका स्थानीय तहले एक किलो सलह ल्याउनेलाई रु २०, ५० र १०० प्रतिकिलो दिने घोषणा गरिए पनि त्यसलाई नियन्त्रणमा लिन सर्वसाधारणमा उत्साह नदेखिएपछि पैसा बढाएर रु ५०० दिने प्रस्ताव गरिएको हो ।

कृषि तथा पशुपन्छी विकास मन्त्रालयअन्तर्गत रहेको प्लान्ट क्वारेन्टिन तथा विषादी व्यवस्थापन केन्द्रले मन्त्रालयमा उक्त प्रस्ताव पेश गरेको छ ।

नेपालमा सलहको अध्ययन गरी आवश्यक तयारी कार्य गर्न कृषि मन्त्रालयले विज्ञ सहितको प्राविधिक कार्यदल गठन गरेको थियो । सोही कार्यदलको सोमबारको बैठकको निर्णयानुसार मन्त्रालयमा उक्त प्रस्ताव लगिएको कार्यदलका संयोजक तथा उक्त केन्द्रका प्रमुख सहदेवप्रसाद हुमागाईंले बताए ।

भारतमा सलहको झुण्ड प्रवेश गरेलगत्तै नेपालमा छिर्नसक्ने सम्भावनालाई दृष्टिगत गरी सो कार्यदल गत जेठ १३ गते गठन गरिएको थियो । हावाको दिशा र गतिमा आएको परिवर्तनले नेपालमा सलहको एउटा झुण्ड असार १३ गते भित्रिएको थियो ।

कार्यदलले अहिले पनि नियमित रुपमा सलहको अध्ययन गरी क्षति कम गर्न आवश्यक सुझाव दिँदै आएको छ ।

“यसपटकको बैठकले भने सर्वसाधारण पनि सलह नियन्त्रणमा परिचालन हुन सकोस् भनेर एक किलो ल्याउनेलाई रु ५०० को प्रस्ताव हामीले मन्त्रालयमा पेश गरेका छौँ, संयोजक हुमागाईंले भने, “रु २० वा रु ५० दिएर उनीहरुमा उत्साह नै देखिएन, त्यसैले रकम बढाएर नयाँ प्रस्ताव गरेका हौँ ।”

केन्द्रले सलहबाट हुने क्षति कम गर्न सबै निकाय तथा प्रदेश, स्थानीय तहमा पर्याप्त संवाद र सहकार्यको काम भइरहेको जनाएको छ । सलह कीराको सङ्ख्या, अवस्था, फैलावट, क्षतिको आङ्कलन गर्दा नेपालमा सानो झुण्ड आएको छ । क्षति पनि धेरै गर्न पाएको छैन । अहिले सक्रिय भएका सलहलाई नियन्त्रण गर्न यो प्रस्ताव लगिएको प्राविधिक कार्यदलका सदस्य किटविज्ञ समुन्द्रलाल जोशी बताउछन् ।

प्रकाशित मिति : ३० असार २०७७, मंगलबार  १० : १९ बजे

पर्यटन क्षेत्रमा अतिरिक्त करको पुनर्विचार हुनुपर्‍यो :  अध्यक्ष ढकाल

काठमाडौं– नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले पर्यटन क्षेत्रमा

कोभिड निगरानीका लागि विश्व स्वास्थ्य संगठनद्वारा विश्वव्यापी सञ्जाल सुरु

जेनेभा– विश्व स्वास्थ्य संगठन (डब्लुएचओ) ले सार्स–कोभ–२, मर्स–कोभ र नोवेल

स्वास्थ्य क्षेत्र सुधारका लागि स्वास्थ्यमन्त्रीलाई रास्वपाको २६ बुँदे सुझाव

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले उपप्रधान एवं स्वास्थ्य तथा

मैले अर्को उथलपुथल गर्न सक्छु- प्रधानमन्त्री

काठमाडौँ – प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले आफूले अर्को उथलपुथल गर्न

कर्णाली नदीमा हाम फालेर बेपत्ता भएका युवकको शव फेला

कैलाली– कैलालीको चिसापानी स्थित कर्णाली नदीमा हाम फालेर बेपत्ता भएका