बाढीपहिरो प्रभावितलाई राहतको व्यवस्था खै ? | Khabarhub Khabarhub

बाढीपहिरो प्रभावितलाई राहतको व्यवस्था खै ?


३० असार २०७७, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- नेपाल किसान संघले मुलुकभर बाढीपहिरोबाट प्रभावितहरुलाई उचित राहतको व्यवस्था मिलाउन सरकारसँग आग्रह गरेको छ ।

केही दिनदेखिको अविरल वर्षाका कारण विभिन्न जिल्लामा गएको बाढीपहिरोका कारण ठूलो जनधनको क्षति हुनाका साथै हजारौँ नागरिक विस्थापित भएका छन् ।

संघका सभापति भानुभक्त सिग्देलले आज एक विज्ञप्तिमार्फत यस दुःखद क्षणमा तत्काल उद्धार कार्यमा जुटी जनधनको क्षति न्यूनीकरण गर्दै प्रभावितहरुलाई राहतको व्यवस्था मिलाउन आग्रह गरेका हुन् ।

उनले यस्तो विपदको घडीमा संघ सम्पूर्ण सदस्यहरुलाई उद्धार कार्यमा सक्रियताका साथ सरिक हुन पनि निर्देशन दिएका छन् ।

यस प्राकृतिक प्रकोपबाट दिवङ्गत भएकाप्रति श्रद्धाञ्जली र परिवारजनमा समवेदना व्यक्त गर्दै सङ्घले घाइतेहरुको शीघ्र स्वास्थ्यलाभको कामना गरेको छ ।

प्रकाशित मिति : ३० असार २०७७, मंगलबार  १० : ४१ बजे

लहानको खुट्टीखोलामा घाट निर्माण

सिरहा– सिरहाको लहान नगरपालिका–४ स्थित खुट्टीखोला किनारमा सुविधासम्पन्न घाट निर्माण

अतिक्रमित जग्गा फिर्ता ल्याउने कामलाई तीव्रता दिन गृहको निर्देशन

काठमाडौँ– गृह मन्त्रालयले अतिक्रमित सार्वजनिक तथा सरकारी जग्गा साविककै अवस्थामा

एक वर्षमा ३१ हजार विदेशी पर्यटक घोडेपानीमा

म्याग्दी– विसं २०८० मा ३१ हजारभन्दा बढी विदेशी पर्यटकले म्याग्दीको

चिनियाँ आइफोनमा ह्वाट्स एप र थ्रेड्स प्रतिबन्ध

बेइजिङ– एप्पल कम्पनीले चीनमा रहेको आफ्नो एप्पल एप स्टोरबाट मेटाका

६८ लाखको लागतमा प्रशासनिक भवन निर्माण

टीकापुर– टीकापुर नगरपालिका– ७ को प्रशासनिक भवन ६८ लाख रुपैयाँको