पहिरोको जोखिममा रहेका लमजुङका डेढसय घर स्थानान्तरण | Khabarhub Khabarhub

पहिरोको जोखिममा रहेका लमजुङका डेढसय घर स्थानान्तरण


३० असार २०७७, मंगलबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

लमजुङ– अविरल वर्षापछि आएका बाढी–पहिरोका कारण लमजुङका करिब डेढसय घर परिवार जोखिममा परेका छन् ।

जिल्लाका विभिन्न स्थानमा पहिरोका कारण जोखिममा परेका घर परिवारलाई सुरक्षित स्थानमा स्थानान्तरण गरिएको छ । जिल्लाको मध्यनेपाल नगरपालिकामा मात्रै १ सय ९ घर परिवारलाई सुरक्षित स्थानमा स्थानान्तरण गरिएको जिल्ला विपद् व्यवस्थापन समितिले जनाएको छ ।

अविरल वर्षाका कारण बाढी–पहिरोका कारण जोखिममा परेकामध्ये मध्यनेपाल नगरपालिका–६ लामासोतीका २७, रानीपानीका ३१, भदौरेका ११ र गुम्वाबेसी ९ घरपरिवार छन् । त्यस्तै वडा नं. ९ रातामाटेका २१, वडा नं ३ सूर्यपालका ६, वडा नम्वर २ पराजुलीबेसीका तीन घर र वडानम्वर १ जिताका एकघर परिवार रहेको जिल्ला प्रहरी कार्यालय लमजुङले जनाएको छ ।

बाढी–पहिरो प्रभावितमध्ये ३७ परिवारलाई भोर्लेटारस्थित इशानेश्वर माध्यमिक विद्यालयमा अस्थायी स्थानान्तरण गरिएको मध्यनेपाल नगरपालिका नगरप्रमूख रमेशकुमार पाण्डेले बताए ।

वर्षातका कारण घर जोखिममा परेसँगै अर्को व्यवस्थापन नभएसम्म तत्कालका लागि उनीहरूलाई सुरक्षित रहन अस्थायी स्थानान्तरण गरिएको नगरप्रमुख पाण्डेको भनाइ छ । वर्षापछिको बाढी–पहिरोले मध्यनेपालमा अत्याधिक क्षति पुर्‍याएको हो ।

स्थानीय गुम्बाखोला, रिस्तीखोला, चर्दीखोला, गलादीखोलामा आएको बाढीले विभिन्न स्थानमा क्षति पुगेको स्थानीयको भनाइ छ । स्थानीयका अनुसार बाढीले असारमा रोपिएको अधिकांश खोला खेत बगाएको छ । कतिपयको कुखुरा फार्म, तरकारी टनेलसमेत बगाएको छ ।

यसैगरी पहिरो जोखिममा परेका जिल्लाको बेंसीहर नगरपालिका, मस्र्याङ्दी गाउँपालिका, दोर्दी र क्होलासोँथार लगायतका गाउँपालिकाका थप ३७ घर परिवारलाई पनि सुरक्षित स्थानमा अस्थायी स्थानान्तरण गरिएको प्रमुख जिल्ला अधिकारी कृष्णराज शर्माले बताए ।

प्रजिअ शर्माका अनुसार अन्य स्थानीय तहका ३७ घरपरिवारका १ सय ७५ जनालाई सुरक्षित स्थानान्तरण गरिएको हो ।

जिल्लाको दोर्दी गाउँपालिकाका १८ घर, मस्र्याङ्दी गाउँपालिकाका पाँच घर, क्होलासोँथार गाउँपालिकाको ६ घर र बेंसीसहर नगरपालिकाको चार घर स्थानान्तरण भएका हुन् ।

समितिका अनुसार दोर्दी–६ काल्चे कुनाको मात्रै नौ घर विस्थापित भएका छन् यस्तै दोर्दी–६, ढोडेनी गाउँका थप ६ घर, दोर्दी–८ नयाँ दुवारका तिन घर स्थानान्तरण गरिएका हुन् । यसैगरी क्होलासोँथार गाउँपालिका अन्तर्गत वडानम्वर ७ भोजेका पाँच घर पनि स्थानान्तरण गरिएका छन् ।

सो बाहेक कोहोलासोथार–३ बगुमको एकघर परिवारलाई पनि स्थानान्तरण गरिएको छ । यसैगरी मस्र्याङ्दी–९ सिम्पानीका दुईघर, वडा नम्बर–८, भुलभुलेका दुईघर र वडा नम्बर २ घनपोखराका एक घर स्थानान्तरण गरिएको हो ।

बेसीशहर नगरपालिका अन्तर्गत वडा नम्बर १ चिप्लेटीका दुईघर र वडा नम्बर १० राउतथरको एक घर पनि स्थानान्तरण गरिएको जिल्ला विपद् व्यवस्थापन समितिले जनाएको छ ।

स्थानान्तरण गरिएका घर परिवारमध्ये कतिपयलाई सामुदायिक भवन, विद्यालय र कतिपयलाई छिमेकी वा आफन्तको घरमा राखिएको छ । बर्षातका कारण घर जोखिममा परेसँगै अर्को व्यवस्थापन नभएसम्मका लागि अस्थायी स्थानान्तरण गरिएको जिल्ला विपद् व्यवस्थापन समितिले जनाएको छ ।

प्रकाशित मिति : ३० असार २०७७, मंगलबार  ८ : ५४ बजे

उत्तरपुस्तिका हराएको विषयमा छानबिन गर्न समिति गठन

काठमाडौं । त्रिभुवन विश्वविद्यालयले उत्तरपुस्तिका हराएको विषयमा छानबिन गर्न उच्चस्तरीय

बेलायतसँग थप समन्वय र सहकार्यको अपेक्षा छ : गृहमन्त्री

काठमाडौं । उपप्रधान एवं गृहमन्त्री रवि लामिछानेसँग नेपालका लागि बेलायतका

सिरहाबाट कटुवा पेस्तोलसहित बाबु–छोरा पक्राउ

सिरहा । सिरहा प्रहरीले कटुवा पेस्तोलसहित बाबु छोरालाई पक्राउ गरेको

आजका समाचार : प्रचण्ड-देउवाबीच भेटदेखि राष्ट्रियसभा उपाध्यक्ष अर्यालको राजीनामासम्म

प्रचण्ड र देउवाबीच भेटवार्ता, के भयो कुराकानी ? प्रधानमन्त्री पुष्पकमल

पिकअपको ठक्करबाट ट्रक चालकको मृत्यु

धनकुटा– ग्याँस लोड गर्दैगरेका चालकको पिकअप भ्यानको ठक्करबाट मृत्यु भएको