कांग्रेस नेता जीवनबहादुर शाहीमा कोरोना पुष्टि | Khabarhub Khabarhub

कांग्रेस नेता जीवनबहादुर शाहीमा कोरोना पुष्टि


३० असार २०७७, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- कर्णाली प्रदेशसभामा विपक्षी दल नेपाली कांग्रेसका नेता जीवनबहादुर शाहीलाई कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।

पीसीआर परीक्षणमा शाहीलाई संक्रमण देखिएको कर्णाली प्रदेशको सामाजिक विकास मन्त्रालय अन्तर्गतको स्वास्थ्य शाखाका प्रमुख डा. लक्ष्मीनारायण तिवारीले जानकारी दिए ।

शाही प्रदेशसभामा अति सक्रिय रहेको र पत्रकारसँगको सम्पर्कमा रहने नेता हुन् । सक्रिय नेता शाहीलाई संक्रमण देखिएपछि प्रदेशसभामा तनावको अवस्था सिर्जना भएको छ ।

उनको सम्पर्कमा आएका प्रदेशसभा सदस्यहरु, पत्रकारहरु तथा परिवारका सदस्यको खोजी गरी स्वाब संकलनको तयारी भएको डा. तिवारीको भनाई छ ।

यस्तै संक्रमित थुनुवाको सम्पर्कमा आएका अर्का एक प्रहरीमा पनि कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । योसँगै जिल्ला प्रहरी कार्यालय सुर्खेतका तीन प्रहरीमा संक्रमण देखिएको छ ।

प्रकाशित मिति : ३० असार २०७७, मंगलबार  ५ : ३४ बजे

सार्वजनिक पदमा रहेकाले सामुदायिक विद्यालयमा सन्तान पढाउनुपर्ने

गोरखा– गोरखाका स्थानीय तहमा सार्वजनिक पद धारण गरेका व्यक्तिले आफ्ना

व्यापार र रोजगारीका लागि ताक्लाकोट जानेको सङ्ख्या बढ्दै

हुम्ला– रोजगारी र व्यापारका निम्ति चीनको स्वशासित क्षेत्र पुराङ काउन्टीको

देउवा–नेपाल भेटले सत्ता समीकरणमा तरंग

काठमाडौँ– नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र एकीकृत समाजवादीका अध्यक्ष

धरान डेन्टल कलेजको कन्तबिजोग

धरान – दाँतको सामान्य उपचार गर्न बीपी कोइराला स्वास्थ्य विज्ञान

विद्यार्थी बढाउन कक्षा एकमै अङ्ग्रेजी विषय

वैशाख– कैलालीको जानकी गाउँपालिकाले सामुदायिक विद्यालयमा विद्यार्थीको आकर्षण बढाउन यो