कुवेतबाट फर्किएकी महिलामा कोरोना संक्रमण पुष्टि | Khabarhub Khabarhub

कुवेतबाट फर्किएकी महिलामा कोरोना संक्रमण पुष्टि


३२ जेठ २०७७, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- कुवेतबाट फर्किएकी महिलामा कोरोना संक्रमण पुष्टि भएको छ । उनी गत जेठ २९ गते नेपाल आएकी थिइन् ।

उनको शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल टेकुमा गरिएको परीक्षणमा कोरोना संक्रमण पुष्टि भएको हो । उनको टेकु अस्पतालकै आईसीयूमा उपचाररत रहेको पाइएको छ ।

अस्पतालका निर्देशक डाक्टर सागर राजभण्डारीले दुई जना कोरोना संक्रमित आईसीयूमा उपचाररत रहेको जानकारी दिए । डा राजभण्डारीका अनुसार कुवेतबाट जेठ २९ गते नेपाल फर्किएकी एक महिला र भारतबाट नेपाल फर्केका अर्का पुरुषमा कोरोना संक्रमण पुष्टि भएको र उनीहरुको आईसीयूमा उपचाररत भइरहेको छ ।

कुवेतबाट जेठ २९ गते नेपाल फर्केकी महिलामा स्वास्थ्य समस्या भएपछि उनलाई सोही दिन शुक्रराज अस्पतालमा भर्ना गरिएको थियो ।

उनको हिजो कोरनाको रिपोर्ट पोजेटिभ आएको हो । यस्तै भारतबाट नेपाल फर्किएका एक पुरुषमा पनि कोरोना संक्रमण पुष्टि भएको र आजै शुक्रराज अस्पतालमा आईसीयूमा भर्ना गरेको डाक्टर राजभण्डारीले बताए ।

डाक्टर राजभण्डारीका अनुसार दुवै जनाको स्वास्थ्य अवस्थामा क्रमिक रुपमा सुधार भइरहेको छ ।

शुक्रराज अस्पतालमा आज सात जना कोरोना संक्रमित रहेकोमा अन्य पाँचजना भने आइसोलेसनमा उपचाररत छन् ।

प्रकाशित मिति : ३२ जेठ २०७७, आइतबार  ८ : २९ बजे

डोल्पामा हिउँ चितुवाको सङ्ख्या नेपालमै उच्च

डोल्पा । हिमाली जिल्ला डोल्पामा दुर्लभ वन्यजन्तु हिउँ चितुवाको सङ्ख्या

सगरमाथा आरोहणका लागि तीन सय ५२ आरोहीले लिए अनुमति

काठमाडौं । यस वर्षको वसन्तयाममा सगरमाथा आरोहणका लागि तीन सय

काठमाडाैंमा ‘रोडसाइड रोलकल’ सडक संवाद सुरु

काठमाडौं । जिल्ला प्रहरी परिसर काठमाडौंले आज स्वयम्भूस्थित महाचैत्य प्राङ्गणमा

भारतले रोक्यो नेपाली चियाको निर्यात

झापा । भारतले पटके गुणस्तर परीक्षणको नयाँ प्रावधान लागू गरेर

त्रिभुवन विमानस्थलबाट आठ सय ५० ग्राम सुनसहित एक महिला पक्राउ

काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट प्रहरीले करिब आठ सय ५०