​​​​​​​​​नेपाल सुनचाँदी व्यवसायी महासंघद्वारा कोरोना कोषमा १५ लाख सहयोग | Khabarhub Khabarhub

​​​​​​​​​नेपाल सुनचाँदी व्यवसायी महासंघद्वारा कोरोना कोषमा १५ लाख सहयोग


३२ जेठ २०७७, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- ​​​​​​​​​नेपाल सुनचाँदी व्यवसायी महासंघले कोरोना कोषमा १५ लाख आर्थिक सहयोह गरेको छ ।

महासंघका प्रवक्ता ​मनोज कुमार साहले विज्ञप्ति जारी गर्दै कोरोना कोषमा १५ लाख रुपैयाँ सहयोग गरेको जानकारी दिएका हुन् ।

महासंघद्वारा जारी विज्ञप्तिमा भनिएको छ, ‘​यस विपत्तिको घडीमा सामाजिक उत्तरदायित्वलाई आत्मसात गर्दै नेपाल सरकार प्रधानमन्त्री राहत कोषलाई रु. १५ लाख आर्थिक सहयोग हस्तान्तरण गरिएको छ ।’

महासंघले संघ मातहतका ६५ वटा जिल्ला/नगर संघलाई परिचालित गरी संघमार्फत राहत वितरणको कार्य पनि जारी राखिएको जनाएको छ । यो विषम परिस्थितिमा संकटबाट बचाउन थप सहुलियतपूर्ण ऋण, ब्याज र दस्तुर मिनाहा लगायतको आर्थिक प्याकेजको आवश्यकता रहेको समेत महासंघले जनाएको छ ।

कोरोना महामारीको समयमा सुनचाँदीको बजारलाई सामान्यीकरण गर्न व्यवसायी, आम उपभोक्ता एवं नेपाल सरकारबाट आवश्यक साथ र सहयोगको अपेक्षा समेत महासंघले गरेको छ ।

 

 

प्रकाशित मिति : ३२ जेठ २०७७, आइतबार  ६ : ०१ बजे

अन्तर्राष्ट्रिय प्रतिस्पर्धामा भाग लिन जाने उसु खेलाडीको बिदाई

काठमाडौं– चीनमा आयोजना हुने अन्तर्राष्ट्रिय प्रतिस्पर्धामा भाग लिन २० सदस्यीय

एमाले महाधिवेसन प्रतिनिधि सम्मेलन (फोटोफिचर)

काठमाडौंं– नेकपा एमालेको राष्ट्रिय महाधिवेशन प्रतिनिधि परिषद् बैठक आजबाट सुरु

राष्ट्रिय महिला टिमका ६ क्रिकेटरले मलेसियामा सुपर कप खेल्ने

काठमाडौं- नेपाली राष्ट्रिय महिला क्रिकेट टिमका ६ क्रिकेटरले मलेसियाको सुपर

बाँकेमा दुई सय ६५ घरेलु उद्योग बन्द

राँझा– बाँकेमा चालु आर्थिक वर्षको नौ महिनामा दुई सय ६५