झापाबाट सात जुवाडे पक्राउ | Khabarhub Khabarhub

झापाबाट सात जुवाडे पक्राउ


३२ जेठ २०७७, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

झापा – बन्दाबन्दीको बेला जुवा खेल्ने झापाको कनकाई नगरपालिकाका सात युवा ७१ हजार नगदसहित पक्राउ परेका छन् ।

जिल्ला प्रहरी कार्यालय झापाका सूचना अधिकारी एवं प्रहरी नायब उपरीक्षक राकेश थापाका अनुसार कनकाई नगरपालिका–३ टप्पु टोलस्थित चेतनकुमार प्रसाईँको घरको भुइँतलामा गलैँचा ओछ्याएर जुवा खेलिरहेका बेला प्रहरीको टोलीले शनिबार दिउँसो ती युवालाई पक्राउ गरेको हो ।

पक्राउ पर्नेमा कनकाई–३ का विष्णुप्रसाद उप्रेती, लिलु अग्रवाल, सुरज चुडाल, हरि खरेल र ओमप्रकाश चापागाईँ छन् भने कनकाई–४ का मानबहादुर श्रेष्ठ र हरिबहादुर श्रेष्ठ रहेका छन् ।

प्रहरीले जुवाको खालबाट सो नगद, क्यान्डिड पाउडर र एक थान गलैँचा बरामद गरेको जनाएको छ । पक्राउ परेकालाई अनुसन्धान गरी कारवाहीका लागि अनारमनी इलाका प्रहरी कार्यालयमा राखिएको छ ।

प्रकाशित मिति : ३२ जेठ २०७७, आइतबार  ११ : ५४ बजे

अतिक्रमित जग्गा फिर्ता ल्याउने कामलाई तीव्रता दिन गृहको निर्देशन

काठमाडौँ– गृह मन्त्रालयले अतिक्रमित सार्वजनिक तथा सरकारी जग्गा साविककै अवस्थामा

एक वर्षमा ३१ हजार विदेशी पर्यटक घोडेपानीमा

म्याग्दी– विसं २०८० मा ३१ हजारभन्दा बढी विदेशी पर्यटकले म्याग्दीको

चिनियाँ आइफोनमा ह्वाट्स एप र थ्रेड्स प्रतिबन्ध

बेइजिङ– एप्पल कम्पनीले चीनमा रहेको आफ्नो एप्पल एप स्टोरबाट मेटाका

६८ लाखको लागतमा प्रशासनिक भवन निर्माण

टीकापुर– टीकापुर नगरपालिका– ७ को प्रशासनिक भवन ६८ लाख रुपैयाँको

साउदी प्रो लिग : अल नासरको पुनरागमन जित

काठमाडौँ- साउदी प्रो लिग फुटबलमा अल नासरले पुनरागमन जित निकालेको