शव पुर्ने ठाउँ नभएपछि पुराना कंकाल निकालिँदै | Khabarhub Khabarhub

शव पुर्ने ठाउँ नभएपछि पुराना कंकाल निकालिँदै


३२ जेठ २०७७, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

एजेन्सी- विश्वभर कोरोना संक्रमण हुने संख्या ७८ लाख ७२ हजार भन्दा बढी नाघिसकेको छ।

त्यसैगरी, मृत्यु हुनेको संख्या ४ लाख ३२ लाख नाघेको छ । त्यसैक्रममा संक्रमणको नयाँ केन्द्र बनिरहेको ब्राजिलमा शव गाड्ने ठाउँ नभएर पुराना कंकालहरुलाई खाल्डो खनेर निकाल्नु परेको छ ।

पछिल्लो समय ब्राजिलमा मृत्यु हुने संख्या बढेका कारण पुराना शवहरुलाई निकाल्नु परेको हो। ब्राजिलको साओ पाउलो शहरमा पुराना शव वा कंकाललाई झिकेर नयाँ शव गाड्नु परेको छ।

ब्राजिलमा यस्तो अपरम्परागत योजना चिहानघारी खाली गर्न गरिएको हो । पुराना कंकालहरुलाई निकालेर ठूला ठूला कन्टेनरमा भण्डारण गरिँदैछ। साउ पाउलो शहरका अधिकारीहरुका अनुसार उक्त पुराना कंकाललाई भण्डारण गरि १५ दिन भित्र देशका विभिन्न चियानघाटमा पुर्याइने छ।

कोरोनाका कारण एक करोड २० लाख जनसंख्या भएको ब्राजिलमा ४२ हजार सात सय ९१ जनाको ज्यान गइसकेको छ भने संक्रमित हुनेको संख्या ८ लाख ५० हजार ७९६ पुगेका छन् ।

जनताले सामाजिक दूरी पनि उल्लंघन गरेको कारण देशमा अझै धेरै संकट आउने ब्राजिलका स्वास्थ्य अधिकारीहरुले जनाएका छन्। वोर्ल्डोमिटरका तथ्यांक अनुसार ब्राजिल विश्वभर कोरोना प्रभावित मुलुकहरु मध्ये दोस्रो नम्बरमा छ। त्यसैगरी उक्त सुचीको पहिलो नम्बरमा संयुक्त राज्य अमेरिका रहेको छ।

प्रकाशित मिति : ३२ जेठ २०७७, आइतबार  ११ : ४६ बजे

सरकारले कानुनमा संशोधन गरेकामा महासङ्घद्वारा स्वागत

काठमाडौं । आसन्न लगानी सम्मेलनलाई केन्द्रित गरी नेपाल सरकारले विभिन्न

गोरखा भूकम्पको सम्झनामा फोटो प्रदर्शनी हुने

काठमाडौं । गोरखा भूकम्पको सम्झनामा बृहत् फोटो प्रदर्शनी हुने भएको

भक्तपुरमा आगलागीबाट १८ चौपाया मरे

भक्तपुर । सूर्यविनायक नगरपालिका- १, तर्खगालस्थित ओमसाई गाई फर्ममा आज

निर्वाचनका कारण आजदेखि पूर्वी सीमानाका बन्द

झापा । झापा र इलाम जिल्लासँग जोडिएका काँकडभिट्टालगायतका सीमानाका आज

युद्धका लागि उमेर पुगेका नागरिकलाई युक्रेनले स्वदेश फिर्ता बोलाउने

युक्रेन – सेनाका लागि सेवा गर्ने उमेर पुगेका पुरुषहरूलाई देश