काठमाडौं- प्रहरीले मन्दिरको मूर्ति तथा दान बाकसको पैसा चोरी गरेको आरोपम दुई जनालाई पक्राउ गरेको छ ।
लकडाउनको मौका छोपी मन्दिरको मूर्ति तथा दान बाकसको पैसा चोरीमा संलग्न रहेको आरोपमा प्रहरीले कपन-१० बस्ने सुजन तामाङ र पृथ्वी विकलाई पक्राउ गरेको हो।
महानगरीय प्रहरी बृत्त बौद्धबाट खटिएको संयुक्त प्रहरी टोलीले उनीहरुलाई रातिको समयमा गोकर्णेश्वर न.पा. वडा न ८ गणेश नगरस्थित आनन्द गणेश मन्दिरको मुल ढोका फोडी मन्दिरभित्र रहेको दान बाकसको पैसा र भालेश्वर महादेवको ढलोटको मुर्ति चोरो गर्न लागेको अवस्थामा पक्राउ गरेको हो । उनीहरुलाई पक्राउ गरी आवश्यक अनुसन्धान जारी राखेको प्रहरीले जनाएको छ ।
प्रहरीले उनीहरुको साथबाट चोरीमा प्रयोग गर्ने रड, पेचकस, भालेश्वरको मूर्ति, मोवाईल बरामद गरेको जनाएको छ ।
प्रतिक्रिया