भारतबाट झण्डै ८ सय नेपालीलाई रुपन्देही ल्याइयो | Khabarhub Khabarhub

भारतबाट झण्डै ८ सय नेपालीलाई रुपन्देही ल्याइयो


१ जेठ २०७७, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

रुपन्देही- रुपन्देहीको सीमापारि रहेका झण्डै ८ सय नेपालीलाई रुपन्देही ल्याइएको छ।

भारतका विभिन्न ठाउँबाट आएर सीमा नजिक क्वारेन्टाइनमा बसेका उनीहरुलाई रुपन्देही ल्याइएको हो।

लामो समयसम्म क्वारेन्टाइनमा बसेका उनीहरु जबरजस्ती नेपाल छिर्न खाजेपछि स्थानीय प्रतिनिधिको अगुवाईमा सीमावारि ल्याएर क्वारेन्टाइनमा राखिएको रुपन्देहीका प्रमुख जिल्ला अधिकारी महादेव पन्तले जानकारी दिए। त्यसरी नेपाल आएका नेपालीको संख्या झण्डै ८ सयको हाराहारी रहेको उनले बताए।

रुपन्देही ल्याइएका उनीहरुलाई निश्चित समय क्वारेन्टाइमा राखेपछि मात्रै आ–आफ्नो घर पठाइने पन्तले बताए।

रुपन्देहीको बेलहिया सीमा नजिक भारतीय क्वारेन्टाइनमा झण्डै १६ सय नेपाली रहेका छन्। उनीहरु मध्ये १२ सयले आफ्नो क्वारेन्टाइन अवधि पुगेको भन्दै घर जान पाउनुपर्ने बताएका छन्।

प्रकाशित मिति : १ जेठ २०७७, बिहीबार  २ : २५ बजे

नेपाल हुँदै भारत प्रवेश गर्न खोज्ने दुई चिनियाँ नागरिक पक्राउ

काठमाडौं । नेपाल हुँदै अवैध रुपमा भारत प्रवेश गर्न खोजेको

नेपालीपन झल्कने गरी विद्यालयको नामकरण गर्न आग्रह

काठमाडौं – काठमाडौं महानगरपालिकाले महानगरभित्रका निजी विद्यालयलाई नेपाली नामकरण गर्न

केजरीवाललाई थप चार दिन हिरासतमा राख्न अनुमति

नयाँ दिल्ली – मदिरा नीति घोटाला प्रकरणमा पक्राउ परेका दिल्लीका

अस्पताल परिसरमा इजरायली कारबाही जारी, एक हप्तामा २०० व्यक्तिको मृत्यु

तेल अभिभ – हमासका वरिष्ठ व्यक्तिहरू भित्र रहेको सुराकीपछि गाजामा

दाङमा अटो रिक्सा दुर्घटना, तीन जना घाइते

दाङ – दाङको लमीमा अटो रिक्सा दुर्घटना हुँदा तीन जना