लकडाउनमा सडक खाली हुँदा ट्राफिक बोर्ड निर्माण | Khabarhub Khabarhub

लकडाउनमा सडक खाली हुँदा ट्राफिक बोर्ड निर्माण


१ जेठ २०७७, बिहीबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- महानगरीय ट्राफिक प्रहरी महाशाखाले लकडाउनको अवधिमा ट्राफिकमैत्री सडक निर्माण र मर्मतसमेत जारी राखेको छ ।

महाशाखाले काठमाडौँ उपत्यकाको भित्री सडकबाट मुख्य सडकहरू निस्कने जक्सनमा ‘स्टप, लुक, गो’ लेखिएको संकेत बोर्डहरू २५० स्थानमा राखेको छ ।

यस्ता बोर्डहरू शङ्खमुल, बानेश्वर, कोटेश्वर, थापागाँऊ, अनामनगर, गौशाला, डिल्लीबजार, पुत्तलीसडक, कमलपोखरी, लाजिम्पाट, सोह्रखुट्टे, कालीमाटी, कंलकी, जावालाखेल, चापागाउँ आदि स्थानका सडकहरूमा राखिएका छन् ।

ट्राफिक प्रहरी र कामदारहरुबीच भौतिक तथा समाजिक दूरी कायम राख्दै उच्च सतर्कता र सुरक्षाका उपायहरू अपनाउँदै काम भइरहेको महाशाखाका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक भीम प्रसाद ढकालले बताए ।

एसएसपी ढकालले भने – ‘सवारी चालकले भित्री सडकबाट मुख्य सडकहरूमा निस्कँदा पर्ख, हेर र जाउँ भन्ने ट्राफिक नियमको पालना नगर्दा त्यस्ता चोक जक्सनमा हुने सवारी दुर्घटना तथा ट्राफिक जामलाई न्यूनिकरण गर्न र चालकहरूलाई स्व-अनुशासित बनाउन यस्ता ‘स्टप, लुक, गाे लेखिएको संकेत बोर्डहरू राखेका हौँ ।’

उक्त बोर्डहरू नाडा अटोमोवाइल्स एसोसियसन अफ नेपालले ५० थान र ग्लोबल आईएमई बैङ्कले २०० थान सामाजिक उत्तरदायित्व अन्तर्गत महाशाखालाई हस्तान्तरण गरेका हुन् ।

कहाँ–कहाँ हुँदैछ सडक निर्माणको काम ?

लकडाउनको समयमा सडक खाली भएको र गाडी नरोकी काम गर्न सहज हुने भएकाले ट्राफिकमैत्री सडक मर्मत तथा निर्माणका लागि महाशाखाले सरोकारवाला निकायहरूसँग नियमित रूपमा सहकार्य र समन्वय गरेको जनाएको छ ।

अहिले सितापाईला-रामकोट, स्वयम्भू अजिमा हल अगाडी, भैसेपाटी-छम्पी, लुभु-लामाटार, चावहिल उकालो, जोरपाटी-बाग्मती कोरीडर सडकखण्डमा सडक मर्मत तथा पिचका काममा समन्वय र सहजीकरण भैरहेको महाशाखाका प्रवक्ता प्रहरी उपरीक्षक जिवन कुमार श्रेष्ठले बताए ।

त्यस्तै थलीबाट साँखु, नाम्गेल, जोरपाटी-गुहेश्वरी, खानी विभाग-गल्कोपाखा, चुच्चेपाटी, पुत्तलीसडक, अष्ट्रेलियन एम्बेसी अगाडी, चावहिल-मित्रपार्कका सडकखण्डहरूमा ढल, खानेपानी तथा फुटपाथका निर्माण, गौशाला-तिलगङ्गा, सेतोपुल-डिल्लीबजार र सेतोपुल-पुरानो बानेश्वर सडकखण्डमा रोड मार्किङ, ईमाडोल-टिकाथली सडकमा पुल निर्माण र कपनको एनसेल चोक-देउवाचोक सडकखण्डमा टेलिकमको काम, चुच्चेपाटी-चावहिल सडकखण्डमा मेलम्ची र विद्युतको काम समेत ट्राफिक प्रहरीको समन्वय एव सहजीकरणमा भइरहेको जानकारी दिए ।

उपत्यकाका सडकहरू लकडाउन सकिँदासम्म निकै चुस्त अवस्थामा हुने प्रवक्ता एसपी श्रेष्ठले बताए ।

ट्राफिक महाशाखा र सडक विभागले काठमाडौं उपत्यकाका धेरै सडक खण्डहरूमा सडक पीच र रोड मार्किङको काम सम्पन्न गरिसकेको छ ।

प्रकाशित मिति : १ जेठ २०७७, बिहीबार  १ : २७ बजे

अर्घाखाँचीमा आगलागीबाट एक सय तीन घरगोठ जले

अर्घाखाँची – अर्घाखाँचीमा आगलागीबाट डेढ महिनामा एक सय तीन घरगोठमा

गुणस्तरहीन चाउचाउ भेटिएपछि चौधरी ग्रुपलाई २ लाख जरिवाना

काठमाडौं । काठमाडौं महानगरपालिकाले चौधरी ग्रुपलाई २ लाख रुपैयाँ जरिवाना

कक्षा १२ को परीक्षा भोलिदेखि, तीन लाख ९० हजार परीक्षार्थी

भक्तपुर – कक्षा १२ परीक्षा भोलिदेखि देशभर एकैसाथ सुरुहुँदै छ

नक्कली शरणार्थी प्रकरण : रायमाझीसहित सात जनालाई थुनामै राख्न आदेश

काठमाडौं । सर्वोच्च अदालतले नक्कली भुटानी शरणार्थी प्रकरणमा नेकपा (एमाले)का

खेलकुद महासंघ सुनसरीको संयोजकमा पौडेल

बिराटनगर – नेपाल खेलकुद महासंघ सुनसरीको संयोजकमा बिकल पौडेल चयन