भारतको मध्य प्रदेशमा ट्रक र बस ठोकिँदा ८ जनाको मृत्यु | Khabarhub Khabarhub

भारतको मध्य प्रदेशमा ट्रक र बस ठोकिँदा ८ जनाको मृत्यु


१ जेठ २०७७, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

भारत- भारतको मध्य प्रदेशको गुनामा बुधबार राति ट्रक र बस ठोकिँदा कम्तिमा ८ जना मजदुरको ज्यान गएको छ।

एसियन न्यूज इन्टरनेशनलले रिपोर्ट गरे अनुसार उक्त घटनामा ५० जना मजदुर घाइते भएका छन्। रिपोर्ट अनुसार गए राति गुनाको क्यान्ट पीएस क्षेत्रमा दुर्घटना भएको हो।

ट्रकमा मजदुरहरु थिए। उनीहरु महाराष्ट्रदेखि उत्तर प्रदेशमा रहेको आफ्नो घर जाँदै थिए। दुर्घटनामा परेका घाइतेहरुलाई नजिकको जिल्ला अस्पताल लगिएको थियो। उक्त दुर्घटनाको थप विवरण भने खुलेको छैन।

यसैगरी उत्तर प्रदेशको मुजफ्फरनगरमा बुधवार राति एक रोडवे बस प्रवासी मजदुरहरु माथि चढेपछि ६ जना मजदुरले आफ्नो ज्यान गुमाएका छन्।

घटनामा परि थप चार जना घाइते भएका थिए। उक्त घटनामा परेका मजदुरहरू पंजाबबाट हिडेर बिहार जाँदै थिए।

प्रकाशित मिति : १ जेठ २०७७, बिहीबार  ९ : ४१ बजे

जबरर्जस्ती सामुदायिक वनका रुख नकाट्न माग

काठमाडौं । मलुकभरको सामुदायिक वन उपभोक्ता समूहहरुको छाता सङ्गठन सामुदायिक

स्ट्रबेरी खेतीतर्फ आकर्षित हुँदै दाङका युवा

दाङ – लहरै रोपिएका स्ट्रबेरीका बिरुवामा फलेका फल पाकेर लटरम्म

नेपाल हुँदै भारत प्रवेश गर्न खोज्ने दुई चिनियाँ नागरिक पक्राउ

काठमाडौं । नेपाल हुँदै अवैध रुपमा भारत प्रवेश गर्न खोजेको

नेपालीपन झल्कने गरी विद्यालयको नामकरण गर्न आग्रह

काठमाडौं – काठमाडौं महानगरपालिकाले महानगरभित्रका निजी विद्यालयलाई नेपाली नामकरण गर्न

केजरीवाललाई थप चार दिन हिरासतमा राख्न अनुमति

नयाँ दिल्ली – मदिरा नीति घोटाला प्रकरणमा पक्राउ परेका दिल्लीका