र्‍यापिड टेष्टमा कोरोना देखिएका धादिङका बिरामीलाई अस्पतालमा पुर्‍याउन समस्या, एम्बुलेन्स चालक सम्पर्कविहीन | Khabarhub Khabarhub

र्‍यापिड टेष्टमा कोरोना देखिएका धादिङका बिरामीलाई अस्पतालमा पुर्‍याउन समस्या, एम्बुलेन्स चालक सम्पर्कविहीन


२ बैशाख २०७७, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– धादिङको ज्वालामुखी गाउँपालिकामा र्‍यापिड डाइग्रोस्टिक टेष्ट (आरडीटी) बाट परीक्षण गर्दा कोरोना पोजेटिभ देखिएका बिरामीलाई अस्पताल लैजान समस्या भएको छ ।

दिउँसो तीन बजे नै र्‍यापिट टेष्टको नतिजामा कोरोना संक्रमण पोजेटिभ देखिए पनि बिरामीलाई जिल्ला अस्पतालमा लगिएको छैन ।

गाउँपालिकामै एम्बुलेन्सको व्यवस्था भएपनि एम्बुलेन्स चालक सम्पर्क विहीन भएपछि बिरामीलाई जिल्ला अस्पतालमा ल्यैजान समस्या परेको गाउँपालिकाका अध्यक्ष विनोद तिमल्सिनाले बताए ।

‘र्‍यापिट टेष्टमा पोजेटिभ देखिएपछि जिल्ला अस्पतालमा लगेर स्वाब संकलन गरी पीसीआर विधिबाट टेष्ट गर्न नमूना काठमाडौं पठाउनु पर्ने छ ।,’ गाउँपालिकाका अध्यक्ष तिमल्सिनाले खबरहबसँग भने, ‘गाउँपालिकामा एम्बुलेन्स त थियो तर चालक नै सम्पर्क विहीन भए । त्यसैले अहिलेसम्म बिरामीलाई अस्पताल पुर्‍याउन सकिएको छैन ।’

उनले प्रहरीको रोहवरमा बिरामीलाई मोटरसाइलकमा भने पनि जिल्ला अस्पताल पठाउने तयारी गरिएको जानकारी दिए ।

‘एम्बुलेन्स चालकले मानेन भनेपछि बिरामीलाई मोटरसाइकलमा भनेपनि जिल्ला अस्पताल पुर्‍याउनु भनेर प्रहरीको असही र स्वास्थ्यकर्मीलाई त्यहा पठाएको छु, गाउँपालिकाका अध्यक्ष तिमल्सिनाले बताए ।

गाउँपालिकाका अध्यक्ष तिमल्सिनाका अनुसार २७ वर्षीया युवा ४० दिन अघि कोरियाबाट नेपाल फर्किएका हुन् । र्‍यापिट टेष्टमा कोरोना पोजेटिभ आए पनि उनमा कोरोनाको कुनै लक्षण नभएको उनको भनाइ छ ।

प्रकाशित मिति : २ बैशाख २०७७, मंगलबार  ८ : २६ बजे

डोल्पामा हिउँ चितुवाको सङ्ख्या नेपालमै उच्च

डोल्पा । हिमाली जिल्ला डोल्पामा दुर्लभ वन्यजन्तु हिउँ चितुवाको सङ्ख्या

सगरमाथा आरोहणका लागि तीन सय ५२ आरोहीले लिए अनुमति

काठमाडौं । यस वर्षको वसन्तयाममा सगरमाथा आरोहणका लागि तीन सय

काठमाडाैंमा ‘रोडसाइड रोलकल’ सडक संवाद सुरु

काठमाडौं । जिल्ला प्रहरी परिसर काठमाडौंले आज स्वयम्भूस्थित महाचैत्य प्राङ्गणमा

भारतले रोक्यो नेपाली चियाको निर्यात

झापा । भारतले पटके गुणस्तर परीक्षणको नयाँ प्रावधान लागू गरेर

त्रिभुवन विमानस्थलबाट आठ सय ५० ग्राम सुनसहित एक महिला पक्राउ

काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट प्रहरीले करिब आठ सय ५०