ट्वीटरद्वारा चिनियाँ दूतावासको अकाउण्ट ‘सस्पेन्ड’ | Khabarhub Khabarhub

ट्वीटरद्वारा चिनियाँ दूतावासको अकाउण्ट ‘सस्पेन्ड’


२ बैशाख २०७७, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

श्रीलंका- श्रीलंकास्थित चिनियाँ दूतावासको औपचारिक ट्वीटर अकाण्ट @ChinaEmbSL ‘सस्पेन्ड’ गरिएको छ ।

ट्वीटर सञ्चालनको नियमहरु उल्लंघन गरेकोले अकाउण्ट बन्द गरिएको ट्वीटरले जनाएको छ । यद्यपि खास के कारणले अकाउण्ट बन्द गरिएको हो भन्नेबारे बताइएको छैन् ।

तर केही दिनदेखी चीनीयाँ दूतावासको ट्वीटर ह्याण्टलबाट केही प्रयोगकर्तामाथि वाक युद्ध छेडिएको स्थानीय सञ्चारमाध्यमहरुले उल्लेख गरेका छन् ।

चीनमाथि कोरोनाभाईरस फैलाएको आरोप लगाउने ट्वीटर प्रयोगकर्तामाथि दूतावासको ह्याण्डलबाट शाब्दिक आक्रमण हुनथालेको बुझिएकोे छ । दूतावासद्वारा गैर–कुटनीतिक शब्दको पनि प्रयोग गरिएको आरोप लगाइएको छ ।

दूतावासका प्रवक्ताले भने अभिव्यक्ति स्वतन्त्रताको कुरा गर्ने ट्वीटरले आफ्नो अकाउण्ट बन्द गरेको भन्दै ट्वीटरमाथि दोहोरो चरित्र देखाएको आरोप लगाएका छन् ।

गत हप्ता दूतावासले श्रीलंकाको एक मुख्य पत्रिकाले कोरोनाबारे छापिएको एक आलेखलाई लिएर दुई पत्रकारविरुद्ध व्यक्तिगत रुपमा सार्वजनीक टिप्पणी गरेको थियो ।

विभिन्न देशमा रहेका चीनिँया दूतावासहरु यसरी सञ्चार माध्यममाथि खनिएको भने यो पहिलो पटक होइन् । यसअघि अष्ट्रेलियास्थित चिनियाँ दूतावासले त्यहाँको मूख्य पत्रिका द डेली टेलिग्रामलाई पनि सार्वजनीक धम्की दिएको थियो भने नेपालस्थित चीनिँया दूतावासले पनि द काठमाडौं पोष्टका पूर्वसम्पादक अनुप काफ्लेमाथि कारबाही गर्ने चेतावनी दिएको थियो ।

प्रकाशित मिति : २ बैशाख २०७७, मंगलबार  ७ : २० बजे

परीक्षा बोर्डले रद्द गर्‍यो एसईईको अनुगमन अनुमतिपत्र

काठमाडौं – राष्ट्रिय परीक्षा बोर्डले माध्यमिक शिक्षा परीक्षा (एसईई) सम्बन्धमा

चितवनमा बढे बैंकिङ कसुरका उजुरी

चितवन – जिल्ला प्रहरी कार्यालय चितवनमा चालु आर्थिक वर्षको ९

कपनबाट पेस्तोलसहित एकजना पक्राउ

काठमाडौं – नेपाल प्रहरीले कपन क्षेत्रबाट पेस्तोलसहित एकजनालाई पक्राउ गरेको

आरल्याण्ड ए ले दियो नेपाल ए लाई विशाल लक्ष्य

काठमाडौं – पहिलो टी–२० खेलमा आयरल्याण्ड ए ले नेपाल ए

‘पशुपतिप्रसाद’का हनुमानको लहड : प्रेमिकाको आमाको गहना बन्धकी राखेर फिल्ममा लगानी

काठमाडौं – जुन फिल्ममा मुख छोपेर अभिनय गरे रवीन्द्र यही