लकडाउन उल्लघंन गर्ने २ हजार ४२७ जना पक्राउ | Khabarhub Khabarhub

लकडाउन उल्लघंन गर्ने २ हजार ४२७ जना पक्राउ


२ बैशाख २०७७, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- प्रहरीले काठमाडौं उपत्यकामा लकडाउन उल्लघंन गर्ने ५ सय ५९ महिलासहित  २ हजार ४२७  जनालाई पक्राउ गरेको छ ।

आज बिहान ६ बजेदेखि दिउँसो ५ बजेसम्म उक्त संख्यामा नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ

यसैगरी  ३ सय २० वटा दुई पाङ्ग्रे र ५० वटा चारपाङग्रे गरी ३ सय ७० वटा  सवारी साधनलाई पनि नियन्त्रणमा लिएको छ । काठमाडौंबाट सबैभन्दा बढि २ हजार १९ जनालाई नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ। यसै गरी ललितपुरबाट ३ सय ९८ र भक्तपुरबाट १० जनालाई नियन्त्रणमा लिएको छ ।

कोभिड–१९ को विश्वव्यापी महामारी फैलिएपछि नेपालमा हुने सम्भावित जोखिम रोक्न सरकारले यही चैत ११ गते बिहान ६ बजेदेखि लकडाउन जारी राखेको छ ।

लकडाउन उल्लंघन गर्नेलाई नियन्त्रणमा लिई ३ घण्टा कोरोनाको बारेमा शिक्षा दिने र छाड्ने गरिएको महानगरीय प्रहरी कार्यालयका प्रमुख प्रहरी नायव महानिरीक्षक विश्वराज पोखरेलले जानकारी दिए ।

लकडाउन एउटा व्यक्ति वा समूहको फाईदाको लागि गरिएको नभएर तपाई हाम्रो सम्पूर्णको सुरक्षाको लागि सरकारले सो निर्णय गरेकाले अत्यावश्यक कार्य बाहेक घरबाट बाहिर ननिस्कन पनि सवैलाई आग्रह गरे ।

प्रकाशित मिति : २ बैशाख २०७७, मंगलबार  ७ : १० बजे

राष्ट्रिय महिला टिमका ६ क्रिकेटरले मलेसियामा सुपर कप खेल्ने

काठमाडौं- नेपाली राष्ट्रिय महिला क्रिकेट टिमका ६ क्रिकेटरले मलेसियाको सुपर

बाँकेमा दुई सय ६५ घरेलु उद्योग बन्द

राँझा– बाँकेमा चालु आर्थिक वर्षको नौ महिनामा दुई सय ६५

कर्णालीमा चालु आवको हालसम्म २५ प्रतिशत मात्रै बजेट खर्च

काँक्रेविहार– प्रदेश संरचना बनेको सात वर्षमा कर्णाली प्रदेशमा पाँच वटा

नीति र नेतृत्वमा एमालेभित्र विवाद छैन : ओली

काठमाडौं– नेपाल (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले नीति र

रक्सी र मासुमा भोट खेर नफालौँ : रवि लामिछाने 

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले इलाम २ को