पूर्वमन्त्री बस्नेतले प्रहरीलाई दिए पीपीई | Khabarhub Khabarhub

पूर्वमन्त्री बस्नेतले प्रहरीलाई दिए पीपीई


२ बैशाख २०७७, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

भक्तपुर– नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का केन्द्रीय सदस्य एंव पूर्वमन्त्री महेश बस्नेतले नेपाल प्रहरीलाई कोरोना भाइरस (कोभिड–१९)को रोकथाम तथा नियन्त्रणका लागि आवश्यक पर्ने विभिन्न सामग्रीहरु प्रदान गरेका छन् ।

प्रतिनिधिसभा सदस्यसमेत रहेका बस्नेतले मानवीय आस्था नेपालको सहयोगमा उपलब्ध ती सामग्री कोरोना सङ्क्रमणको जोखिम न्यूनीकरणका लागि नेपाल प्रहरीलाई प्रदान गरेका हुन् । प्रदान गरिएको सामग्रीमा हात धुन प्रयोग गर्नका लागि ५०० लिटरको पानी टैंकी ८ वटा, ३०० थान पञ्जा, २ सय ९६ थान सेनिटाइजर, थप ५ लिटर सेनिटाइजर, ५०० थान मास्क, १५ थान पीपीई लगायत छन् ।

महानगरीय प्रहरी परिषर भक्तपुरका प्रहरी उपरीक्षक सविन प्रधान, जगाती वृत्तका प्रहरी नायब उपरीक्षक चक्रराज जोशी र प्रहरी बृत्त थिमिका प्रहरी नायब उपरीक्षक शान्तिराज कोइरालालाई बस्नेतले ती सामग्री हस्तान्तरण गरे ।

प्रकाशित मिति : २ बैशाख २०७७, मंगलबार  ४ : १४ बजे

बोक्सीको घरको प्रिमियर सम्पन्न

काठमाडौं – शुलक्षण भारतीको लेखन तथा निर्देशन रहेको फिल्म ‘बोक्सी’को

आगोले पाइप जलेपछि खानेपानीको समस्या

स्याङ्जा – वनमा लागेको आगोले पाइप जलेपछि गाउँमा खानेपानीको समस्या

मटिहानीमा लागेको आगो ६ घण्टापछि नियन्त्रण

जलेश्वर । महोत्तरीको मटिहानी नगरपालिका–६ जरलहवाहत्ता टोलमा आज दिउँसो लागेको

डोल्पामा जेठ १० गतेदेखि यार्सा सङ्कलन खुला

डोल्पा । हिमाली जिल्ला डोल्पामा आगामी जेठ १० गतेदेखि औपचारिकरुपमा

प्रहरीद्वारा १६ लाख बराबरको सामान बरामद

कञ्चनपुर । कञ्चनपुरमा भारतबाट भन्सार छली गरी ल्याएको रु १६