आफ्नो देश नफर्किएका पर्यटकलाई गाउँपालिकाद्वारा खानाको व्यवस्था | Khabarhub Khabarhub

आफ्नो देश नफर्किएका पर्यटकलाई गाउँपालिकाद्वारा खानाको व्यवस्था


२ बैशाख २०७७, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

बन्दीपुर– कोरोना भाइरस (कोभिड–१९) को सम्भावित जोखिमका कारण स्वदेश नफर्किएका तनहुँको बन्दीपुर गाउँपालिकामा रहेका विदेशी पर्यटकलाई बन्दीपुर गाउँपालिकाले खाना खुवाउने व्यवस्था मिलाएको छ । १२ जना विदेशी पर्यटकलाई गाउँपालिकाले स्वदेश फर्काउने व्यवस्था मिलाएपनि उनीहरु बन्दीपुरमै बसिरहेका छन् ।

विगत लामो समयदेखि नेपाल भ्रमणमा रहेका उनीहरुलाई गाउँपालिकाले खाना खुवाउने व्यवस्था मिलाएको गाउँपालिकाका अध्यक्ष पूर्णसिं थापाले जानकारी दिनुभयो । ‘नयाँ वर्षको अवसरमा ती पर्यटकलाई गाउँपालिकाको सहयोगमा खाना खुवाउने व्यवस्था मिलाइएको छ,’ उनले भने, ‘आगामी दिनमा पनि उनीहरुलाई समस्या परे गाउँपालिकाले सहयोग गर्छ ।’

लामो समयदेखि नेपालमा रहेका कारण उनीहरुलाई बजेटको अभाव हुन सक्ने भएकाले भोलिका दिनमा बास र खाना दुवैको व्यवस्था समेत मिलाउने बारेमा पहल भइरहेको अध्यक्ष थापाले जानकारी दिए ।

बन्दीपुर पर्यटन विकास समितिका सचिव बसन्त पौडेलले बन्दीपुरमा अलपत्र परेका विदेशी पर्यटकको समस्या समाधानका लागि गाउँपालिका र पर्यटन विकास समितिले पहल गर्ने प्रतिबद्धता व्यक्त गरेको जानकारी दिए । ‘उनीहरु बन्दीपुरमा बसिन्जेल आउन सक्ने सबै समस्या समाधानका लागि पहल गरिनेछ,’ उनले भने ।

सचिव पौडेलका अनुसार विदेशी पर्यटकले धेरै समयदेखि नेपालमा रहेका कारण पैसा सकिन लागेको, लकडाउनका कारण भनेको समयमा पैसा साट्न नसकिएको गुनासो गरेका छन् । उनीहरुलाई खाना र बासको समस्या परेको खण्डमा पनि गाउँपालिका र पर्यटन विकास समितिको पहलमा उनीहरुलाई खाना र बासको व्यवस्था मिलाइने उनले जानकारी दिए ।

नयाँ वर्षमा विदेशीसँग शुभकामना साटासाट

नयाँ वर्ष २०७७ को अवसरमा बन्दीपुर गाउँपालिका र पर्यटन विकास समितिले विदेशी पर्यटकसँग शुभकामना आदानप्रदान गरेका छन् । सोमबार कार्यक्रमको आयोजना गरी गाउँपालिकाले नयाँ वर्षको शुभकामना आदानप्रदान गर्नुका साथै उनीहरुको समस्या बारे बुझ्ने प्रयास गरेको थियो ।

‘विगतका वर्षमा नयाँ वर्षमा बन्दीपुर खचाखच हुन्थ्यो, तर अहिले कोरोना भाइरसका कारण बन्दीपुर सुनसान छ,’ समितिका सचिव पौडेलले भने, ‘बन्दीपुरमा अलपत्र रहेका पर्यटकसँग शुभकामना आदानप्रदान गरेर नयाँ वर्ष मनायौं ।’

बन्दीपुरमा फ्रान्सका पाँच, बेलायतका एक, रुसका दुई, चीनका एक, कोलाम्बियाका दुई, क्यानडका एक जना गरी १२ जना पर्यटक रहेका बन्दीपुर पर्यटन विकास समितिले जनाएको छ ।

प्रकाशित मिति : २ बैशाख २०७७, मंगलबार  ४ : ०० बजे

विराट गोल्डकपः भुटानको विजयी सुरुवात

मोरङ– विराट गोल्ड कप ट्रष्टद्वारा विराटनगरको शहीद रङ्शालामा आयोजित रात्रिकालीन

यस्तो छ आजको मौसम 

काठमाडौं– जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार

बिहीबार वर्षाले अवरुद्ध नेपाल र आयरल्याण्ड ‘ए’को सिरिज आजदेखि

काठमाडौं – बिहीबारदेखि हुने भनेको नेपाल र आयरल्याण्ड ‘ए’को टी-२०

चर्च ब्वाइज इटहरी गोल्डकपको फाइनलमा, उपाधिका लागि आर्मीसँग भिड्दै

धरान– इटहरीमा जारी १४ औँ संस्करणको अन्तर्राष्ट्रिय आमन्त्रण कन्ट्रोल इटहरी

अध्ययन भन्छ- राति सुत्ने बेलामा भित्री वस्त्र नलगाउनुस्

प्रायः महिलाहरू राती भित्री वस्त्र लगाएर सुत्छन्। तर सामान्यतया रातमा