लकडाउन उल्लंघन गर्ने २० नेपाली मलेसियामा पक्राउ | Khabarhub Khabarhub

लकडाउन उल्लंघन गर्ने २० नेपाली मलेसियामा पक्राउ


२ बैशाख २०७७, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

क‍्वालालम्पुर- मलेसिया सरकारले कोरोना भाइरस (कोभिड-१९) रोकथाम तथा नियन्त्रण गर्न लागु गरेको आगमन नियन्त्रण आदेश (एमसिओ) उल्लघंन गरेको आरोपमा २० जना नेपाली पक्राउ परेका छन ।

विभिन्न समयमा लकडाउन उल्लघन गर्ने उनीहरुलाई पक्राउ गरिएको हो । गत मार्च ३० तारिखमा मलेसियाको पेनाङस्थित चोंङ सडिएन बिएचडिमा कार्यरत ५ जना नेपाली पक्राउ परेका थिए ।

पक्राउ पर्नेहरुमा सोम ठकुरी, महेन्द्र राइ, बिजय तामाङ, दिलकुमार चौधरी, पंकजकुमार रायलाई रुम बाहिर निस्नेको फेला पारेपछि पक्राउ गरेको उक्त कम्पनीमा कार्यरत नेपाली श्रमिकहरुले जानकारी दिएका छन । साथिहरु पक्राउ परेको बारेमा कम्पनीलाई जानकारी गरायसकेको उनीहरुको भनाइ छ ।

त्यस्तै गत मार्च ३१ तारिखमा एमडिआई एसएनडि बिएचडि जोहोरबाट याम बहादुर सिजालि, स्याम बहादुर सुर्याबन्सी, महेश कुमार उपाध्याय, राज कुमार तामाङ, कमाल चालिसे र अर्का थर नखुलेका दिलीपलगायत ६ जनालाई पक्राउ गरेको सोहि कम्पनीमा कार्यरत उनका सहकर्मी नेपालीहरुले जानकारी दिएका छन् ।

यस्तै अप्रिल १ तारिखमा मलेसियाको मलका मजिस्थानास्थित मिनायक टेक्नोलोजी कम्पनीबाट नेपाली श्रमिकहरु मिङमार डोल्मा तामाङ , मान बहादुर गोम्बा तामाङ , भक्त बहादुर तामाङ , राकेश बालामी पक्राउ परेका छन । साथै एसएलसी टेक्नोलोजी कम्पनी सेलाङ्गोरबाट अप्रिल १ मा सन्जिव साहानि लगायत ४ जनालाई पक्राउ गरेको उनका दाइले जानकारी दिए ।

मलेसिया सरकारले कोरोना रोकथामको लागि गत मार्च १८ आगामी अप्रिल २८ सम्म आगमन नियन्त्रण आदेश (मुभमेन्ट कन्ट्रोल अडर) लागु गरेको छ । यो अवधिमा अत्यावश्यक काम बाहेक बाहिर हिडडुल गरेमा मलेसियन प्रहिले पक्राउ गरि कारबाही प्रक्रिया बढाउन सक्नेछ ।

एमसिओ उल्लघंन गरेको ठरहेमा एक हजार रिङगेट जरिवानादेखि छ महिना जेल सजाय पनि हुन सक्ने व्यवस्था गरेको मलेसियन सरकारले उल्लेख गरेको छ ।

प्रकाशित मिति : २ बैशाख २०७७, मंगलबार  १० : २२ बजे

लहानको खुट्टीखोलामा घाट निर्माण

सिरहा– सिरहाको लहान नगरपालिका–४ स्थित खुट्टीखोला किनारमा सुविधासम्पन्न घाट निर्माण

अतिक्रमित जग्गा फिर्ता ल्याउने कामलाई तीव्रता दिन गृहको निर्देशन

काठमाडौँ– गृह मन्त्रालयले अतिक्रमित सार्वजनिक तथा सरकारी जग्गा साविककै अवस्थामा

एक वर्षमा ३१ हजार विदेशी पर्यटक घोडेपानीमा

म्याग्दी– विसं २०८० मा ३१ हजारभन्दा बढी विदेशी पर्यटकले म्याग्दीको

चिनियाँ आइफोनमा ह्वाट्स एप र थ्रेड्स प्रतिबन्ध

बेइजिङ– एप्पल कम्पनीले चीनमा रहेको आफ्नो एप्पल एप स्टोरबाट मेटाका

६८ लाखको लागतमा प्रशासनिक भवन निर्माण

टीकापुर– टीकापुर नगरपालिका– ७ को प्रशासनिक भवन ६८ लाख रुपैयाँको