पौडीबाज गौरिकाको परिवार क्वारेन्टाइनमा, पितालाई कोरोना संक्रमणको आशंका | Khabarhub Khabarhub

पौडीबाज गौरिकाको परिवार क्वारेन्टाइनमा, पितालाई कोरोना संक्रमणको आशंका


२ बैशाख २०७७, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- कीर्तिमानी नेपाली पौडिबाज गौरिका सिंहको परिवार अहिले क्वारेन्टाइनमा बसेको छ ।

उनका पितालाई कोरोनाभाइरसको संक्रमण भएको आशंका भएपछि पूरै परिवार क्वारेन्टाइनमा बसेको हो । गौरिकाको परिवार क्वारेन्टाइन बस्ने अवधि पूरा भएपछि उनले आफूहरु क‍्वारेन्टाइनमा बसेको जानकारी दिएकी हुन् ।

उनले नेपाली नयाँ वर्षकै दिन आफ्नो परिवारको १४ दिने क्वारेन्टाइन पूरा भएको जानकारी दिएकी छिन् । उनले फेसबुकमार्फत नयाँ वर्षको शुभकामना दिँदै नयाँ वर्षकै दिन आफुहरुको क्वारेन्टाइन अवधि पूरा भएको खुलासा गरेकी हुन् ।

गौरिकाका पिता पारस सिंह डाक्टर हुन् । उनी पनि कोरोनाभाइरस संक्रमितको उपचारमा खटिएका छन् । यही क्रममा उनीमा कोरोनाभाइरसको लक्षण देखिएपछि संक्रमणको आशंकामा पूरै परिवार क्वारेन्टाइनमा बसेको उनले उल्लेख गरेकी छिन् ।

उनले यो २ हप्ताको अवधि निकै डरलाग्दो भएको बताएकी छिन् । पूरै परिवारको फोटो पोस्ट गर्दै उनले अहिले भने उनका पिता रिकभर भएको बताएकी छिन् ।

उनले यो भाइरसको संक्रमण फैलिन नदिन घरभित्रै बस्न आग्रह गर्दै लेखेकी छिन् ‘भित्र बसेर यो खतरनाक भाइरसबाट आफू पनि बचौँ, अरुलाई पनि बचाऔँ। जब फ्रन्टलाइनमा बसेर महत्वपूर्ण कार्यकर्ताहरु लड्दै हुनुहुन्छ हामी एकान्तमा बसेर थप योगदान गरौँ । आगामी दिनमा सुरक्षित र स्वस्थ्य जीवनका लागि शुभकामना ।’ गौरिकाको परिवार अमेरिकाको न्यूयोर्कमा बस्छन् जुन अमेरिकाको सबैभन्दाप्रभावित शहर हो ।

प्रकाशित मिति : २ बैशाख २०७७, मंगलबार  १० : १३ बजे

जबरर्जस्ती सामुदायिक वनका रुख नकाट्न माग

काठमाडौं । मलुकभरको सामुदायिक वन उपभोक्ता समूहहरुको छाता सङ्गठन सामुदायिक

स्ट्रबेरी खेतीतर्फ आकर्षित हुँदै दाङका युवा

दाङ – लहरै रोपिएका स्ट्रबेरीका बिरुवामा फलेका फल पाकेर लटरम्म

नेपाल हुँदै भारत प्रवेश गर्न खोज्ने दुई चिनियाँ नागरिक पक्राउ

काठमाडौं । नेपाल हुँदै अवैध रुपमा भारत प्रवेश गर्न खोजेको

नेपालीपन झल्कने गरी विद्यालयको नामकरण गर्न आग्रह

काठमाडौं – काठमाडौं महानगरपालिकाले महानगरभित्रका निजी विद्यालयलाई नेपाली नामकरण गर्न

केजरीवाललाई थप चार दिन हिरासतमा राख्न अनुमति

नयाँ दिल्ली – मदिरा नीति घोटाला प्रकरणमा पक्राउ परेका दिल्लीका