कोरोनाको संकटमा प्राथमिक मनोवैज्ञानिक सहयोग | Khabarhub Khabarhub

कोरोनाको संकटमा प्राथमिक मनोवैज्ञानिक सहयोग


२ बैशाख २०७७, मंगलबार  

पढ्न लाग्ने समय : 4 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

विश्व अहिले कोरोना भाइरसको प्रकोपको ठूलो संकट सामना गरिरहेको छ । धेरैजसो देशहरू लकडाउमा छन् । मानिसहरू घरभित्रै सेल्फ क्वारेन्टाइनमा बस्न बाध्य छन् । अहिलेसम्म विश्वमा एकलाख १५ हजार भन्दा बढीको मुत्यु भइसकेको छ । लाखौँमा संक्रमण देखिएको छ ।

विषम परिस्थितिमा, साह्रोगाह्रोमा परिवारजन र आफन्तको याद आउँछ । अझ बिरामी पर्दा त परिवारका सदस्य आफूसँगै रहून् भन्ने चाहना हुन्छ । आफन्तको न्यानो स्पर्शले आधा रोग निको भएजस्तो र समस्या समाधान भएजस्तो महसुस हुन्छ । प्रियजनलाई अँगालो मारेर रुँदा आँशुसँगै पीडा बगेर गएझैँ लाग्छ ।

अहिलेको अवस्था फरक छ । कसैमा कोरोनाको आशंका भए वा संक्रमण देखिए वा संक्रमणको भयले परिवारका सदस्यहरू नजिक जानसक्ने अवस्था छैन ।

आफन्तको मुत्यु हुँदा पनि टाढैबाट हेर्नुपर्ने मर्मस्पर्शी अवस्था छ । मानिसलाई अहिलेको अवस्थामा मर्छु कि भन्दा पनि मर्दा एक्लै पो हुँला कि भन्ने चिन्ताले बढी सताएको देखिन्छ । अहिलेको यो अवस्था मानसिकरूपमा अत्यन्तै कारुणिक र मर्माहत बनाउने खालको हो ।

आपत विपतमा सबैलाई घरपरिवार र आफन्तको याद आउँछ । परिवारसँगै बस्ने चाहना हुन्छ । लकडानउनले गर्दा धेरैलाई यस्तो मौका छैन । घरबाट टाढा वा विदेशमा भएकाहरू चाहेर पनि आउन सकेका छैनन् । कति नेपाली सिमानामै रोकिएका छन् ।

लकडाउन थपिँदै जाँदा जटिलताहरू स्वाभाविकरूपमा थपिँदै जान्छन् । धेरैलाई आर्थिक संकटले सताउन थालेको छ । दैनिक ज्यालादारीबाट जीवन गुजारा गर्नेहरू त झनै मारमा परेका छन् ।

यस्ता कारणले मानिसमा डर र चिन्ता बढ्दै गएको छ । अनिश्चित भविष्यको भयले निराशा बढाउँदै लगेको छ । कतिलाई निद्रा कम भएको छ । छट्पटी, चिटचिटाहट बढ्दै गएको छ । मानिसहरूले आफूलाई असुरक्षित महसुस गर्दै गएका छन् । परिणामस्वरूप मानसिक स्वास्थ्यमा समस्या देखिन थालेको छ ।

विषम परिस्थितिमा आवश्यक पर्ने मनोवैज्ञानिक सहयोगको अभावमा अप्रिय घटनाहरू हुन सक्छन् ।

स्वास्थ्यकर्मी, सुरक्षाकर्मी, पत्रकार पनि आआफ्नो कार्य क्षेत्रमा दिनरात खटिरहेका छन् । जोखिमको बेला अग्रपंक्तिमा खटिने व्यक्तिहरुलाई पनि मनोवैज्ञानिक असर वा मानसिक आघात पर्ने जोखिम हुन्छ । उनीहरूका लागि पनि मनोवैज्ञानिक सहयोग र हेरचाह आवश्यक पर्छ ।

कोरोना संक्रमित भएको आशंकामा गाउँलेहरूले विभेद गरेपछि पीडा सहन नसकेर भारतमा एक युवाले आत्महत्या गरेका छन् । भारतमै अर्का एक युवाले आफू संक्रमित भएको भयले रिपोर्ट समेत नआउँदै अस्पतालमै हामफालेर आत्महत्या गरेका छन् । इटालीमा एक नर्सले आफू कोरोना संक्रमित भएको थाहा पाएपछि आत्महत्या गरिन् ।

फ्रान्सेली फूटबल टिमका एक चिकित्सकले आफू संक्रमित भएको थाहा पाएपछि सुसाइट नोट लेख्दै आत्महत्या गरेका छन् । भारतको अर्को एक घटनामा भाइरल ज्वरोलाई कोरोना लागेको ठानी आफूबाट अरूलाई सर्ने डरले एक जनाले आत्महत्या गरे ।

यस्ता घटनाहरू कोरोना भाइरसका कारण व्यक्तिमा परेको मानसिक असरका परिणाम हुन् ।

नेपालमा समेत विदेशबाट आएका, रोग लागेको आशंका गरिएका वा उपचारको क्रममा रहेका व्यक्तिलाई विभेद गर्ने, अपमान गर्ने, मनमा चोट पुर्‍याउनेजस्ता व्यवहार भएको देखिन्छ । कतिपय व्यक्ति अस्पतालबाट भागेको भन्ने समाचार आएका छन् ।

यस्ता घटनाहरू बढ्दै जाँदा मनोवैज्ञानिक सहयोग आवश्यक पर्छ ।

प्राकृतिक विपत्ति, रोगको प्रकोप तथा मानव सिर्जित अन्य दुःखद् घटनाले व्यक्तिको मन र समाजमा असहज अवस्था उत्पन्न गराइदिन्छ । यस्तो असहजतालाई सामान्य बनाउन भावनात्मक सहयोग जरुरत पर्छ ।

प्रभावित व्यक्ति र समुदायलाई दिइने भावनात्मक र व्यावहारिक सहयोग नै प्राथमिक मनोवैज्ञानिक सहयोग हो । यस्तो बेलामा अरूको मनोवेदना बुझी साथसहयोग र हौसला दिनु जरुरी हुन्छ । आत्मबल बढाउने काम गर्नुपर्छ ता कि रोगसँग हार नमानी जुझ्न सकून् ।

विपत्तिको बेला सामान्यतया सबैको मनमा असर पर्छ । संकटको समयमा भावनात्मक वा मनोवैज्ञानिक सहयोग पाउँदा ढिलोचाँडो सबैजसो व्यक्तिहरू पूर्वअवस्थामा फर्किन्छन् । कतिपयमा भने जटिलता बढदै गएर मानसिक रोग देखापर्न सक्छ ।

विषम परिस्थितिमा मनमा आउने अशान्ति, डर, चिन्ता, तनाव, निराशाजस्ता भावनात्मक समस्या कम गर्न र दैनिक जीवनका व्यवहारजन्य गडबढी व्यवस्थापन गर्न प्राथमिक मनोवैज्ञानिक सहयोगले मद्दत गर्छ । उचित मनोवैज्ञानिक सहयोग पाए धेरैजसो समस्या केही समयको अन्तरालमा कम हुन्छ । प्रभावित व्यक्ति वा समुदायले बेलैमा प्राथमिक मनोवैज्ञानिक सहयोग पाए भविष्यमा देखापर्न सक्ने मनोसामाजिक समस्या पनि कम गर्न सकिन्छ ।

मनोवैज्ञानिक सहयोगमा जोखिममा परेका बालबालिका, गर्भवती, सुत्केरी, महिला, ज्येष्ठ नागरिक, अशक्त, अपाङ्ग, दीर्घरोगीहरूलाई विशेष प्राथमिकतामा राख्नुपर्छ ।

स्वास्थ्यकर्मी, सुरक्षाकर्मी, पत्रकार पनि आआफ्नो कार्य क्षेत्रमा दिनरात खटिरहेका छन् । जोखिमको बेला अग्रपंक्तिमा खटिने व्यक्तिहरुलाई पनि मनोवैज्ञानिक असर वा मानसिक आघात पर्ने जोखिम हुन्छ । उनीहरूका लागि पनि मनोवैज्ञानिक सहयोग र हेरचाह आवश्यक पर्छ ।

विपत्तिको बेला सामान्यतया सबैको मनमा असर पर्छ । संकटको समयमा भावनात्मक वा मनोवैज्ञानिक सहयोग पाउँदा ढिलोचाँडो सबैजसो व्यक्तिहरू पूर्वअवस्थामा फर्किन्छन् । कतिपयमा भने जटिलता बढदै गएर मानसिक रोग देखापर्न सक्छ ।

अहिलेको समयमा हुनसक्ने मानसिक समस्या :

१. एन्जाइटी (विभिन्न किसिमका डर, चिन्ता र अन्य समस्या)
२. डिप्रेसन (दिक्दारिपन, आत्महत्याको सोचाइ वा प्रयास)
३. मानसिक आघात (पिडादायी घटनापछि उत्पन्न हुने मानसिक रोग)
४. प्यानिक अट्याक ( एक्कासि बिनाकारण उत्पन्न हुने अत्यधिक त्रास)
५. समायोजनको समस्या (परिस्थितिसँग जुझ्न नसक्ने अवस्था)
६. अब्सेसिभ कम्पल्सिभ डिसअडर्स (एउटै सोच वा विचार आइरहने र एउटै काम लगातार दोहोर्‍याइरहने मानसिक रोग)
७. जाँडरक्सी र अन्य लागुपदार्थको लत ।
८. कन्भर्सन डिसअडर्स (डरत्रास र तनावको कारणले देखिने मनोवैज्ञानिक समस्या)
९. एक्युट स्टेस डिसअडर्स (तत्कालै देखापर्ने तनावजन्य समस्या)

प्राथमिक मनोवैज्ञानिक सहयोग

आफू र अरूलाई हानीनोक्सानी नपुग्ने गरी एकले अर्कालाई सहयोग पुर्‍याउन सक्छौँ । प्राथमिक मनोवैज्ञानिक सहयोगको हकमा भने यसको सामान्य ज्ञान भएको वा तालिम लिएको व्यक्तिले सहयोग गर्न सक्छ । यस्तो सेवा दिन मनोविद्, मनोचिकित्सक, मनोपरामर्शदाता नै चाहिन्छ भन्ने छैन ।

१ कोरोनाको संक्रमण र यसबाट बच्ने उपायबारे भरपर्दो, सत्यतथ्य सूचना तथा जानकारी गराउने ।
२ कोरोनाको अनावश्यक डरत्रास नदेखाउने, सुरक्षाको पूर्ण प्रत्याभूति गराउने ।
३. दैनिक आधारभूत आवश्यकताका वस्तु परिपूर्ति गर्न सहयोग गर्ने ।
४ अरूको भवनाको कदर गर्ने, भावनात्मकरूपमा नजिक रहने ।
५. संक्रमणको आशंका गरिएका, आइसोलेसनमा र सेल्फ क्वारेन्टाइनमा रहेकाहरूप्रति मायाममता र सद्भाव देखाउने ।
६. परिवारबाट टाढा भएकालाई सामाजिक दूरी कायम गर्दै पुनर्मिलन गराउन मद्दत गर्ने ।
७. व्यक्तिको दैनिक जीवन सहज र सृनात्मक बनाउन सहयोग पुर्‍याउने ।
८. विषम परिस्थितिमा व्यक्तिले देखाउनसक्ने नकारात्मक व्यवहार ख्याल गर्दै उनीहरूलाई सकारात्मकतातिर हौसला दिने ।
९. पुरानो रोग बल्झिएमा, खाइरहेको औषधिले काम गर्न छोडेमा चिकित्सकसँग सम्पर्क गराउने ।
१०. प्रभावित व्यक्तिको कुरा ध्यान दिएर सुन्ने, उसलाई आफ्नो मनको कुरा भन्न प्रेरित गर्ने ।
११. व्यक्तिको रुचि अनुसारको काममा सक्रिय गराउने । दैनिक काम चालु राख्न सहयोग गर्ने ।
१२. मनोवैज्ञानिक समस्या जटिल हुँदै गएमा मनोचिकित्सक, मनोविद वा मनोपरामर्शदातासँग सम्पर्क गराउने ।
यसरी संकटको समयमा उत्पन्न हुने मनोसामाजिक समस्या समाधान गर्न वा कम गर्न सकिन्छ ।
(लेखक मनोविद हुन्)

प्रकाशित मिति : २ बैशाख २०७७, मंगलबार  ९ : ४९ बजे

टिकटकले प्रतिबन्ध हटाउन अमेरिकामा मुद्दा लड्ने

एजेन्सी – चीनसँगको बढ्दो टकरावबीच प्रतिबन्ध लाग्ने सम्भावना बढेपछि टिकटकले

खाना तथा खाजा खाएपछि सुप किन खाइन्छ ?

काठमाडौं– प्रायः हामी खाना खाइसकेपछि सुप चपाउने गर्छौं । न

लगानी सम्मेलन : केही अनुत्तरित प्रश्न

सरकारले ०८१ वैशाख १६ र १७ गते २ दिन अन्तरराष्ट्रिय

चित्रकलामा भविष्य खोजिरहेकी निर्मला

कञ्चनपुर– कञ्चनपुरकी कृष्णपुर नगरपालिका–१ सुन्दरीफाँटाकी २४ वर्षीया निर्मला चौधरी स्नातक

१६ औं योजना : महिला तथा बालबालिका कति प्राथमिकतामा ?

काठमाडौं – राष्ट्रिय योजना आयोग १६औं आवधिक योजना सार्वजनिक गर्ने