खरबुजा खेती गर्ने किसानको बिल्लीबाठ | Khabarhub Khabarhub

खरबुजा खेती गर्ने किसानको बिल्लीबाठ


२ बैशाख २०७७, मंगलबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

झापा- कोरोना भाइरस नियन्त्रण तथा रोकथामका लागि गरिएको लकडाउनका कारण झापाका दक्षिणी क्षेत्रमा व्यावसायिक खरबुजा खेती गरिआएका किसान मर्कामा परेका छन् ।

लकडाउनले जिल्लाको गौरीगञ्ज क्षेत्रका किसानले लगाएको सयाँै बिघाको उत्पादित खरबुजा बजारसम्म पुर्‍याउन नसक्दा बारीमै कुहिने अवस्था आएको किसानको दुःखेसो छ ।

गौरीगञ्ज गाउँपालिका–१ रङ्गियाथानका किसानले कन्काई खोलाको बगरमा लगाएको खरबुजा र तरबुजा खेतमै कुहिने अवस्थामा पुगेको किसान कैलाश राजवंशीले बताए ।

पाँच बिघामा लगाएको खरबुजा पाकेर बेच्ने समयमा एक्कासि यातायात र बजार बन्द हुँदा करिब रु १० लाख बराबरको खरबुजा खेतमै सड्ने अवस्थामा पुगेको उनको भनाइ छ ।

उनले भने, ‘खरबुजा खेती गर्न बैंकबाट रु चार लाख ऋण लिएकाले बिक्री समयमा नै बजार बन्द हुँदा खरबुजा खोला बगरमै कुहिने अवस्था आएको छ ।’

लामो समयदेखि लकडाउन हुँदा पाकेको खरबुजाले बजार नपाउँदा यसपटक बैंकको ऋण तिर्नु त परै जाओस परिवारको समेत बिल्लीबाठ हुने अवस्था आएको उनको दुःखेसो छ । उनले लकडाउन अझै थपिए आफूहरुले उत्पादन गरेको खरबुजा बजारसम्म लैजाने वातावरण बनाइदिन सरकारसँग माग गरे ।

लामो समय वैदेशिक रोजगारीमा विदेशको श्रम गरिआउनुभएका राजवंशीले विदेशमा गरिने मेहेनत आफ्नै देशमा त्यत्तिकै मेहेनत गर्दा विदेशको भन्दा राम्रो कमाई हुने आसले आयमूलक मौसमी खेती गर्दै आएका छन् ।

दुई वर्षदेखि मौसमी खेती गर्दै आएका उनी लकडाउन अझै थपियो भने बारीका सबै खरबुजा कुहिएर सखाप हुने अवस्था आउने बताए । पाकेर बारी लटरम्म हुँदा अब पनि बेच्न पाउने अवस्था नआए भोकै मर्नुपर्ने अवस्था आउने उनको गुनासो छ ।

राजवंशीजस्तै सोही स्थानका ३० भन्दा बढी युवाले खरबुजा र तरबुजाको व्यावसायिक खेती गर्दै आएका छन् । निकै राम्रो कमाइ हुने आसले घर छाडेर खेती गर्न उनको मोरङको जहदा गाउँपालिका–७ बाट गत कात्तिकमा नै कन्काई बगरमा आएका हुन् ।

उनीसँगै जहदाका ३० युवा मिलेर ठूलो परिमाणमा खरबुजा खेती हुँदै आएको छ । खरबुजा बेच्ने समयमा कोरोना भाइरसका कारण लकडाउन भएपछि एकाएक निरास भएका चौधरीले भने, ‘खरबुजा बिक्री नहुने सम्भावना बढेपछि मेहनत, परिश्रम र लगानी डुब्ला कि भन्ने त्रास बढेको छ ।’

प्रतिबिघा १० हजार भाडामा लिएर खेती गर्दै आएका किसान चौधरीले यो पटक खरबुजाबाट नाफा त परै जाओस् उल्टै १० लाख बढी घाटा हुने सम्भावना देखिएको बताउँछन् ।

कन्काई बगरमा ती युवाले रङ्गियाथानबाट हुलाकी सडक दक्षिणसम्म १०० बिघाभन्दा बढी जग्गामा खरबुजा र तरबुजा खेती गरेका छन् । सोही आसपासमा नै स्थानीय प्रकाश राजवंशी, जगन्नाथ राजवंशी, मनोज चौधरीलगायतले समेत खरबुजा र तरबुजा लगाएका छन् ।

उद्यमी प्रकाश राजवंशीका अनुसार भारतको बिहारबाट मेघना, माधुरी, अगस्ता र आस्ता जातका खरबुजाको बीउ खरिद गरेर पुस महिनामा बिरुवा रोपिएको हो । एक केजी बीउको नेपाली मूल्य रु ४० हजार पर्ने र एक केजी बीउबाट ४५ हजार बिरुवा निस्कने गरेको छ । बगरमा मात्र खेती हुने यस फलको बिक्री गर्ने समयमा भने एक्कासि बन्द हुँदा लाखौँ नोक्सानी हुने उनको पनि गुनासो छ ।

गर्मी महिनामा खान उपयुक्त हुने पानीको मात्रा बढी भएको स्वास्थ्यका दृष्टिकोणले पनि लाभदायक हुने खरबुजा पाकेपछि अन्य क्षेत्रबाट समेत बारीमा नै व्यापारीले खरिद गरी लैजाने गरेका छन् । यहाँका उत्पादित खरबुजा स्थानीय बजारसहित पूर्वका इटहरी, नारायणगढ, गोलबजार, जनकपुर, काठमाडौँसम्म पैठारी गरिआएको उद्यमी राजवंशी बताउनुहुन्छ । मलपानी राम्रो पुगेमा एउटा खरबुजा २० केजीसम्मको हुने र होलसेलमा प्रतिकेजी रु २० सम्ममा बिक्री हुँदै आएको उनको भनाइ छ ।

विदेश त्यागेर स्वदेशमा श्रम गरिआएका मेहनती युवाहरुले गरेको यस्ता आयमूलक कृषिकर्मलाई प्रोत्साहन गर्नुपर्ने गौरीगञ्ज–१ का वडाध्यक्ष कार्तिकलाल राजवंशी बताउँछन् । यहाँको खरबुजा स्थानीयस्तरमा खपतले मात्र नसकिने भएकाले अन्य क्षेत्रमा निर्यात गर्न सहयोग गर्न खाँचो रहेको उनको भनाइ छ।

प्रकाशित मिति : २ बैशाख २०७७, मंगलबार  ९ : २० बजे

डोल्पामा हिउँ चितुवाको सङ्ख्या नेपालमै उच्च

डोल्पा । हिमाली जिल्ला डोल्पामा दुर्लभ वन्यजन्तु हिउँ चितुवाको सङ्ख्या

सगरमाथा आरोहणका लागि तीन सय ५२ आरोहीले लिए अनुमति

काठमाडौं । यस वर्षको वसन्तयाममा सगरमाथा आरोहणका लागि तीन सय

काठमाडाैंमा ‘रोडसाइड रोलकल’ सडक संवाद सुरु

काठमाडौं । जिल्ला प्रहरी परिसर काठमाडौंले आज स्वयम्भूस्थित महाचैत्य प्राङ्गणमा

भारतले रोक्यो नेपाली चियाको निर्यात

झापा । भारतले पटके गुणस्तर परीक्षणको नयाँ प्रावधान लागू गरेर

त्रिभुवन विमानस्थलबाट आठ सय ५० ग्राम सुनसहित एक महिला पक्राउ

काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट प्रहरीले करिब आठ सय ५०