मनाङलाई छैठौं पटक आहा रारा गोल्डकपको उपाधि | Khabarhub Khabarhub

मनाङलाई छैठौं पटक आहा रारा गोल्डकपको उपाधि



पोखरा- १८ ओैं आहा रारा गोल्डकप फुटबल प्रतियोगिताको उपाधि मनाङ मर्स्याङ्दी क्लबले उचालेको छ ।

पोखरा रंगशालामा भएको फाइनलमा नेपाल पुलिस क्लबलाई पेनाल्टी सुटआउटमा ४-३ गोल अन्तरले पराजित गर्दै मनाङ विजेता बनेको हो ।

जितसँगै मनाङले आहा रारा गोल्डकपको उपाधि छैठौं पटक उपाधि उचालेको हो।

योसँगै आहा राराको सफल टोलीका समेत बनेको छ। यस्तै ४ पटक गोल्डकपमा उपविजेता बनेको पुलिसले आहा रारा ५ पटक जितेको छ भने पहिलो संस्करण क्याराभान गोल्डकपसहित ६ पटक जितेको छ।

शुरुमा क्याराभानका नामबाट सुरु भएको प्रतियोगिताको नाम दोस्रो संस्करण देखि आहा रारा गोल्डकप बनेको थियो।

विजेता टोली मनाङ ले १० लाख पुरस्कार राशी हात पारेको छ भने उपविजेता पुलिस ले ६ लाख पुरस्कार राशि हात पारेको हो ।
निर्धारित खेलमा गोलरहित बराबरी भएपछि खेल अतिरिक्त समयमा गएको थियो। तर, थप गरिएको समयमा पनि गोल नभएपछि खेल ट्राइ ब्रेकरमा धकेलिएको हो।

पेनाल्टी सुटआउटमा मनाङका लागि अञ्जन बिष्ट, पुजन उपरकोटी, सुरज विके, रञ्जन बिष्टले गोल गरेका थिए ।

पेनाल्टी सुटआउटमा ४-३ ले जित हात पारेको मनाङका निशान लिम्बुको प्रहार पुलिसका गोलकिपर रोशन खड्काले रोकेका थिए ।

उपविजेतामा टुङ्गिएको पुलिसका लमगि पेनाल्टी सुटआउटमा कप्तान भोला सिलवालले, हेम तामाङ, बुद्दिबल तामाङले गोल गर्दा पुलिसका तेज तामाङ र अजित भण्डारीको बल मनाङका अशोक बरालले रोकेका थिए ।

प्रकाशित मिति : १ चैत्र २०७६, शनिबार  ५ : ३७ बजे

बागमती प्रदेशसभा : हिउँदे अधिवेशनका ५७ दिनमा ६ बैठक

मनहरी । बागमती प्रदेशसभाको हिउँदे अधिवेशन ५७ दिन चलेकामा छ

योजना कार्यान्वयनका लागि रूपान्तरणका क्षेत्र पहिचान गरिएको छ : प्रधानमन्त्री

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले योजना कार्यान्वयनका लागि रचनात्मक

आजका समाचार : मन्त्रिपरिषद् बैठकदेखि मोहम्मद अफताव आलमलाई जन्म कैदसम्म

मन्त्रिपरिषद् बैठक  सरकारले सहकारीका समस्या समाधानका लागि तत्काल प्रक्रिया सुरु

नारायणी नदीमा सशस्त्रको सेमुलेशन अभ्यास 

काठमाडौं- सशस्त्र प्रहरीले चितवनको नारायणी नदीमा सेमुलेशन अभ्यास सम्पन्न गरेको

सुनिल पौडेललाई थुनामा राख्न आदेश

काठमाडौं- नेपाल टेलिकमका निलम्बित प्रबन्ध निर्देशक सुनिल पौडेललाई विशेष अदालतले