स्वर्गको टुक्राजस्तो सिक्लेस (फोटो फिचर) | Khabarhub Khabarhub

स्वर्गको टुक्राजस्तो सिक्लेस (फोटो फिचर)



कास्की – पोखराबाट झण्डै ३ घण्टाको यात्रापछि सिक्लेस पुगिन्छ । हिँडेर जाने हो भने पूरै दिन लाग्छ । तर, सिक्लेस पुग्न यातायातको सहज सुविधा भएकाले कमै मात्र ट्रेकिङ गर्दै सिक्लेस जान कस्सिन्छन् ।

जतिजति सिक्लेसको नजिकै पुगियो, अन्नपूर्ण क्षेत्रका हिम शृङ्खला उति नजिक हुँदै जान्छन् । २५०० मिटरको उचाइमा रहेको कबुचे ताल पनि यही रूट हुँदै जानुपर्छ ।

केही वर्षयता सिक्लेस आन्तरिक र बाह्य पर्यटकका लागि फ्रेस हुन जाने गन्तव्य बनेको छ । लहरै मिलेका घर र यहाँको प्राकृतिक वातावरणले जोकोहीलाई पनि ‘रिफ्रेस’ बनाइदिन्छ ।

पोखराबाट मोटरसाइकलमा सिक्लेस जाने हो भने २ देखि ३ घण्टामा सिक्लेस पुगिन्छ । झरी परेको बेलामा भने बाटो चिप्लो हुने भएकाले यात्रा गर्दा बढी जोखिम हुने गर्छ । किनकि, बाटो पूरै कच्ची छ । ठाडै उकालो र ‌ओरालो बाटो भएकाले पनि मोटरसाइकलको यात्रा झरी परेका बेला थप जोखिमपूर्ण हुन्छ ।

पोखराको काहुँखोलाबाट बस चढेर सहजै सिक्लेस पुग्न सकिने भएकाले पनि सिक्लेसमा पर्यटकहरूको चहलपहल देखिन्छ ।

सिक्लेसमा बसोबासका लागि होमस्टे र गेस्ट हाउसको व्यवस्था छ । गाउँदेखि केही माथि रैसी डाँडाबाट देखिने हिमाली शृङ्खला, यहाँको स्वच्छ वातावरण, सिक्लेसको सुन्दरता, संस्कृति र जनजीवन यहाँको विशेषता हो ।

कच्ची बाटोका कारण यात्राले थकित बनाए पनि सिक्लेस पुग्दा लाग्छ, यो कुनै स्वर्गको टुक्रा हो ।

कच्ची बाटोका कारण थोरै जोखिम र असहज लागे पनि सिक्लेस यात्रा रोमाञ्चक भने हुने गर्छ ।

सिक्लेसबाट केहीमाथि रैसी डाँडाबाट हेर्दा हिमालका दृश्यहरु आफ्नै अगाडि देख्न पाउँदा जो कोहीलाई पनि स्वर्ग पुगेको महसूस हुन्छ ।

तस्वीरहरू: अर्घेलो थापा

प्रकाशित मिति : १ चैत्र २०७६, शनिबार  ११ : ५५ बजे

एक जना मन्त्री सहित सरकार विस्तार गर्दै कर्णालीका मुख्यमन्त्री कँडेल

कर्णाली– सत्ता साझेदार दलको समर्थनमा कर्णाली प्रदेशको मुख्यमन्त्री बनेका यामलाल

विपक्षीले अपव्याख्या गरे, हाम्रो सरकार २०८४ सम्म जान्छ : खगराज अधिकारी

काठमाडौं- गण्डकी प्रदेशका मुख्यमन्त्री खगराज अधिकारी नेकपा (एमाले) बाट लाभका

उपनिर्वाचनको आज प्रचार प्रसारको अन्तिम दिन

इलाम– इलाम क्षेत्र नम्बर-२ मा वैशाख १५ मा हुने उपनिर्वाचनका

अमेरिकामा टिकटकमाथि प्रतिबन्ध लगाउने विधेयक कांग्रेसद्वारा पारित 

वासिङ्टन– अत्यन्त लोकप्रिय सामाजिक सञ्जाल एप टिकटकलाई यसको चिनियाँ मूल

नेपाल र कतारबीच विभिन्न ८ वटा समझदारीमा हस्ताक्षर

नेपाल र कतारबीच विभिन्न ८ वटा विषयमा समझदारी भएको छ