इटालीमा कोरोनाभाइरसबाट एकै दिन २ सय ५० को मृत्यु, १७ हजार भन्दा बढी संक्रमित | Khabarhub Khabarhub

इटालीमा कोरोनाभाइरसबाट एकै दिन २ सय ५० को मृत्यु, १७ हजार भन्दा बढी संक्रमित


१ चैत्र २०७६, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं –  इटालीमा कोरोनाभाइरसको संक्रमणबाट एकैदिन २ सय ५० जनाको मृत्यु भएको छ।

एकैदिन २ सय ५० को मृत्यु भएपछि इटालीमा कोरोनाका कारण ज्यान गुमाउनेको संख्या १ हजार २ सय ६६ पुगेको छ ।

थप २५ सय ४७ जनामा संक्रमण देखिएपछि संक्रमित हुनेको संख्या १७ हजार ६६० पुगेको छ । उपचार गराइरहेका १४ हजार ९ सय ५५ जनामध्ये १३ सय २८ जनाको अवस्था गम्भीर रहेको छ।

१४ सय ३९ जना भने उपचारपछि निको भएर घर फर्किसकेका छन् । कोरोनाभाइरसको महामारी बढेपछि इटाली सरकारले सबै नाका बन्द गरेर मानिसहरुलाई घरभित्रै रहन आह्वान गरेपनि संक्रमण रोकिएको छैन ।

प्रकाशित मिति : १ चैत्र २०७६, शनिबार  ८ : ४६ बजे

शुक्रबारको विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौं – आज २०८० साल चैत १६ गते शुक्रबार सन्

शुक्रबार, सन्तोषी माता र वैभवलक्ष्मीको पूजा

काठमाडौं – आज २०८० साल चैत १६ गते शुक्रबार तदनुसार

आज २०८० साल चैत १६ गते शुक्रबारको राशिफल

काठमाडौं – आज २०८० साल चैत १६ गते शुक्रबार तदनुसार

जबरर्जस्ती सामुदायिक वनका रुख नकाट्न माग

काठमाडौं । मलुकभरको सामुदायिक वन उपभोक्ता समूहहरुको छाता सङ्गठन सामुदायिक

स्ट्रबेरी खेतीतर्फ आकर्षित हुँदै दाङका युवा

दाङ – लहरै रोपिएका स्ट्रबेरीका बिरुवामा फलेका फल पाकेर लटरम्म