चलचित्र पत्रकारसँगको क्रिकेट खेलमा ‘सेन्टीभाइरस’ टिम पराजित | Khabarhub Khabarhub

चलचित्र पत्रकारसँगको क्रिकेट खेलमा ‘सेन्टीभाइरस’ टिम पराजित


२ फाल्गुन २०७६, शुक्रबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – धुर्मुस सुन्तली फाउन्डेसनले निर्माण गरिरहेको गौतम बुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशालास्थित नमूना रंगशालामा आज (शुक्रवार) भएको मैत्रीपूर्ण क्रिकेट खेलमा चलचित्र पत्रकारको टोलीले जीत हासिल गरेको छ ।

उक्त खेलमा सेन्टीभाइरस टिमले टस जितेर ब्याटिङ रोजेको थियो । मैत्रीपूर्ण खेलमा ‘सेन्टी भाइरस’ टिमले १९ ओभरमा सबै विकेट गुमाउँदै १ सय ३६ रन बनाएको थियो । टिमका लागि सुनिल भण्डारीले सर्वाधिक २५ रन बनाउन सफल भए भने एलिश राईले २१ रन जोडे ।

‘सेन्टी भाइरस’ टिमको तर्फबाट कुमार कट्टेलले १२, सुलभ पहारीले ८, कुलदीप अधिकारीले ७, सुरेश कार्कीले ५, जगदिस अधिकारीले ३ र दयाहाङ राईले १ रन जोडे ।

यो टिम १ सय ३६ मा अलआउट भएको थियो । चलचित्र पत्रकारका तर्फबाट खगेन्द्र बुढाथोकीले ४ विकेट लिए भने कप्तान सन्दीप सापकोटासहित सुजन पण्डित र सङ्गम धामीले समान २र२ विकेट लिए ।

चलचित्र पत्रकारको टिमले १५.२ ओभरमै ३ विकेट गुमाउँदै १३७ रनको लक्ष्य पूरा गर्‍यो । उक्त खेलमा खगेन्द्रले ८ चौका प्रहार गर्दै ४३ बलमा ६३ रन बनाए । ‘सेन्टी भाइरस’ टिमका एलिश राईले २ विकेट लिए ।

उक्त टिमका तर्फबाट सीताराम कट्टेल क्याप्टेन थिए भने उनको टिममा कुञ्जना घिमिरे, कुमार कट्टेल, दयाहाङ राई, अर्जुन घिमिरे, विल्सन विक्रम राई, कमलमणि नेपाल, बुद्धि तामाङ, एलिस राई, कुलदीप अधिकारी, मनिराज पोखरेल, मनिराम पोखरेल थिए । त्यस्तै वैकल्पिकमा जगदिश अधिकारी, सुरेश कार्की, सुलभ पहारी र सुनील भण्डारी थिए ।

यस्तै चलचित्र पत्रकारको टिममा सन्दीप सापकोटा क्याप्टेन थिए । टिममा दिनेश सिटौला, आकाश खड्का, संगम क्षेत्री, नारायण रेग्मी, खगेन्द्र बुढाथोकी, आशिष ओली, बैकुण्ठराज पराजुली, अनुकुल अर्याल, उद्धव रसाइली, सन्तोष कुमार थापा रहेका थिए । यता वैकल्पिकमा दीपेन्द्र रायमाझी, निरज पन्थी, सीपी जैसी, सुरज पौडेल, सुजन पण्डित र राजु चौधरी थिए ।

फागुन ९ गतेदेखि प्रदर्शनमा आउने फिल्म ‘सेन्टी भाइरस’ को प्रचारमा सघाउन पुर्‍याउने उद्देश्यले यो खेलको आयोजना गरिएको थियो ।

रामबाबु गुरुङ निर्देशित सिनेमाले दिलाएको मुनाफाको ५० प्रतिशत गौतम बुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशालाको सहयोगार्थ प्रदान गरिने निर्माण टिमले जनाएको छ ।

प्रकाशित मिति : २ फाल्गुन २०७६, शुक्रबार  ८ : ०८ बजे

राष्ट्रपति पौडेलद्वारा सेतो मच्छिन्द्रनाथको दर्शन

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले आज सेतो मच्छिन्द्रनाथको दर्शन गर्नुभई

वनलाई हात्तीमैत्री बनाउनुपर्छ : राजेन्द्र लिङ्देन

झापा । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देनले वन क्षेत्रलाई

स्थानीयस्तरबाट खेलाडी तयार गर्न राज्यले विशेष ध्यान दिनु आवश्यक छ : राष्ट्रपति पौडेल

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले खेलकुदका माध्यमबाट देशलाई विश्वमाझ चिनाउन

देशैभर पुग्यो पाठ्यपुस्तक

भक्तपुर – जनक शिक्षा सामग्री केन्द्र लिमिटेडले देशभर पाठ्यपुस्तक पुर्‍याएको

सुनिलको शानदार शतक, राजस्थानलाई विशाल लक्ष्य

काठमाडौं । इन्डियन प्रिमियर लिग (आईपीएल) मा कोलकाता नाइट राइडर्सले