जापान र दक्षिण कोरियाका विदेशमन्त्रीबीच भेटवार्ता हुने | Khabarhub Khabarhub

जापान र दक्षिण कोरियाका विदेशमन्त्रीबीच भेटवार्ता हुने


२ फाल्गुन २०७६, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

सोल– जापान र दक्षिण कोरियाका विदेशमन्त्रीले यसै साता उच्चस्तरीय भेटवार्ता गर्ने भएका छन् ।

दक्षिण कोरियाली विदेश मन्त्री काङ क्यूङ–ह्वाले आफ्ना जापानी समकक्षी तोसिमिचु मोटेगीसँग शनिबार बिहान भेटवार्ता गर्ने दक्षिण कोरियाको योनहाप समाचार संस्थाले जनाएको छ ।

जर्मनीको म्युनिख शहरमा आयोजना हुन लागेको म्युनिख सुरक्षा सम्मेलनका क्रममा हुने भेटवार्तामा दक्षिण कोरियामाथि जापानले लगाइरहेको भनिएको निर्यात प्रतिबन्ध फुकुवा गर्ने विषयमा छलफल हुने अपेक्षा गरिएको छ ।

जापान र दक्षिण कोरियाबीच पछिल्लो समय दोस्रो विश्वयुद्धको समयका कोरियाली युद्धबन्दीका साथै सैनिक गुप्तचरी सूचना आदानप्रदानका विषयमा विवाद उत्पन्न भएको छ ।

यिनै विषयले दुई मुलुकबीच उच्च प्रविधिका सामानको आयात निर्यातमा समस्या चुलिएको छ ।

द्विपक्षीय भेटवार्ताका क्रममा चीनबाट फैलिएको कोरोना भाइरस र त्यसको असरका बारेमा पनि छलफल हुने अपेक्षा गरिएको छ । चीनबाट फैलिएको कोरोना भाइरसबाट कोरिया र जापानलाई पनि प्रभावित भएका छन् ।

त्यसबाहेक शनिबार नै दुबै मुलुकका विदेश मन्त्रीले अमेरिकी विदेश मन्त्री माइक पोम्पेओसँग पनि त्रिपक्षीय भेटघाट गर्ने कार्यक्रम छ । भेटमा उत्तर कोरियाको आणविक निःशस्त्रीकरण तथा मध्यपूर्व मामिलाका विषयमा छलफल हुने बताइएको छ ।

काङ, पोम्पेओ र मोटेगीबीच गत महिना अमेरिकाको सान फ्रान्सिस्कोमा त्रिपक्षीय भेटवार्ता भएको थियो ।

प्रकाशित मिति : २ फाल्गुन २०७६, शुक्रबार  १ : ४४ बजे

कैलालीका सात नदीमा तटबन्ध निर्माण सुरु

कैलाली– कैलालीका विभिन्न भाग भएर बग्ने सात वटा नदीमा तटबन्ध

हामीलाई कमजोर ठाने उथलपुथल हुन्छ : माधव नेपाल

रौतहट– एकीकृत समाजवादीका अध्यक्ष एवं पूर्व प्रधानमन्त्री माधवकुमार नेपालले आफूहरूलाई

नौ वाणिज्य बैंक : जसको शेयर मूल्य प्रतिकित्ता दुई सय पनि पर्दैन 

काठमाडौँ– कुनै बेला शेयर बजारमा एकछत्र राज गरेका वाणिज्य बैंकहरुको

काँकरभिट्टा–लौकही सडक स्तरोन्नति

झापा– पूर्वपश्चिम राजमार्गअन्तर्गत काँकरभिट्टा–लौकही खण्डमा स्तरोन्नतिको काम सुरु भएको छ

चेपाङ बस्तीमा पक्की विद्यालय भवन निर्माण

भरतपुर– चितवनको इच्छाकामना गाउँपालिका–१ स्थित राष्ट्रिय आधारभूत विद्यालयको पक्की भवन