संसदमा प्रधानमन्त्रीको सम्बोधन स्थगित गर्न कांग्रेसको माग | Khabarhub Khabarhub

संसदमा प्रधानमन्त्रीको सम्बोधन स्थगित गर्न कांग्रेसको माग


२ फाल्गुन २०७६, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– नेपाली कांग्रेसका तर्फबाट राष्ट्रियसभाका सदस्य रहेका दुर्गाप्रसाद उपाध्यायको निधन भएको भन्दै प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसले प्रतिनिधिसभामा हुन लागेको प्रधानमन्त्रीको सम्बोधन स्थगित गर्न माग गरेको छ ।

प्रधानमन्त्री ओलीले आज दुई बजे प्रतिनिधिसभामा सम्बोधन गर्ने कार्यक्रम रहेको छ । प्रधानमन्त्री ओलीले आफ्नो कार्यकाल दुई वर्ष पुगेको अवसरमा सरकारका उपलब्धीबारे प्रतिनिधिसभामा सम्बोधन गर्ने कार्यक्रम रहेको छ ।

प्रमुख प्रतपक्षी कांग्रेसले राष्ट्रियसभा सदस्य उपाध्यायको आज निधन भएको भन्दै सदन स्थगित गर्न माग गरेको हो ।

कांग्रेस सचेतक पुष्पा भुसालले सांसद उपाध्यायको निधनपछि शोक परेकोले प्रधानमन्त्रीको सम्बोधन स्थगित गर्न संसद सचिवालयमा पत्र पठाइएको जानकारी दिइन् । ‘हामीले पत्र पठाएर प्रधानमन्त्रीको सम्बोधन स्थगित गर्न माग गरेका छौं,’ सचेतक भुसालले भनिन् ।

 

प्रकाशित मिति : २ फाल्गुन २०७६, शुक्रबार  १ : ०८ बजे

जबरर्जस्ती सामुदायिक वनका रुख नकाट्न माग

काठमाडौं । मलुकभरको सामुदायिक वन उपभोक्ता समूहहरुको छाता सङ्गठन सामुदायिक

स्ट्रबेरी खेतीतर्फ आकर्षित हुँदै दाङका युवा

दाङ – लहरै रोपिएका स्ट्रबेरीका बिरुवामा फलेका फल पाकेर लटरम्म

नेपाल हुँदै भारत प्रवेश गर्न खोज्ने दुई चिनियाँ नागरिक पक्राउ

काठमाडौं । नेपाल हुँदै अवैध रुपमा भारत प्रवेश गर्न खोजेको

नेपालीपन झल्कने गरी विद्यालयको नामकरण गर्न आग्रह

काठमाडौं – काठमाडौं महानगरपालिकाले महानगरभित्रका निजी विद्यालयलाई नेपाली नामकरण गर्न

केजरीवाललाई थप चार दिन हिरासतमा राख्न अनुमति

नयाँ दिल्ली – मदिरा नीति घोटाला प्रकरणमा पक्राउ परेका दिल्लीका