जुवातास खेलिरहेको अवस्थामा काठमाडौंबाट ६ जना पक्राउ | Khabarhub Khabarhub
Logo
७ फाल्गुन २०७६, बुधबार

जुवातास खेलिरहेको अवस्थामा काठमाडौंबाट ६ जना पक्राउ



काठमाडौं– काठमाडौंको चन्द्रागिरी नगरपालिका-३ नमूना बस्तीबाट जुवातास खेलिरहेका ६ जना पक्राउ परेका छन् ।

चन्द्रागिरी नगरपालिका-३ नमूना बस्तीमा रहेको प्रमोद निरौलाको घरमा जुवातास खेलिरहेको अवस्थामा सोही ठाउँ बस्ने ३८ वर्षीय सुदिप रेग्मी लगायत ६ जनालाई नगद ४० हजार ७ सय ९५ रुपैयाँ र ६ बुक तास सहित बिहीबार दिउँसो प्रहरीले पक्राउ गरेको छ ।

महानगरीय प्रहरी वृत्त थानकोटबाट खटिएको प्रहरीले उनीहरुलाई पक्राउ गरी यस सम्बन्धमा आवश्यक अनुसन्धान गरिरहेको छ ।


भर्खर

0