दिलिप महतो हत्या प्रकरण : क्रसर सञ्चालकसहित तीन जना पुर्पक्षका लागि जेल चलान | Khabarhub Khabarhub

दिलिप महतो हत्या प्रकरण : क्रसर सञ्चालकसहित तीन जना पुर्पक्षका लागि जेल चलान


२ फाल्गुन २०७६, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

धनुषा– धनुषाका दिलीपकुमार महतोलाई टिपरले किचेर हत्या गरेको आरोप लागेका मध्ये तीन जना पूर्वपक्षका लागि जेल चलान भएका छन् । अन्य तीन जना आरोपी भने धरौटीमा रिहा भएका छन् ।

जिल्ला अदालत धनुषाका न्यायाधीश केशवप्रसाद घिमिरेको इजलासले बिहीबार आरोपी तीन जनालाई पुर्पक्षका जेले पठाउने आदेश दिएका थियो ।

टिपर चालक मुनिन्द्र महतो, लोडर चालक रञ्जित भनिने जितेन्द्र महतो र क्रसर सञ्चालक विपीन महतोलाई जिल्ला अदालत धनुषाले पुर्पक्षका लागि थुनामा राख्न आदेश दिएको थियो भने पक्राउ परेका मध्येका दिलीपसँगै खोलामा गएका छिमेक साथी रोशनकुमार यादव, सत्यनारायण महतो र शत्रुधन महतो जनही २५ हजार धरौटी रकम बुझाएर साधारण तारेखमा रिहा भएका छन् ।

खोलामा अवैध उत्खनन भइरहेको जानकारी पाएपछि गत पुस २५ गते विहान दिलीपको हत्या भएको थियो ।

प्रकाशित मिति : २ फाल्गुन २०७६, शुक्रबार  १० : ५६ बजे

१२ वर्षमा एक हजार दुई सयको मिर्गौला प्रत्यारोपण

भक्तपुर । सहिद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्रले स्थापनाको १२ वर्षमा

भूक्षयबाट जोगाउन सनवोरामा जैविक तटबन्ध

कञ्चनपुर । भूक्षयबाट जोगाउन कञ्चनपुरको शुक्लाफाँटा नगरपालिकामा रहेको सनवोरा नदीमा

कतारसँग नेपालको व्यापार : सानो तर सधैँ घाटामा

काठमाडौं – अन्तरदेशीय व्यापारमध्ये कतारसँग नेपालको व्यापार हिस्सा सानो परिमाणमा

‘भाइरल गोर्खे’ को छायांकन सुरु

काठमाडौं । फिल्म ‘भाइरल गोर्खे’को छायांकन लमजुङबाट सुरु गरिएको छ

सरकारले कानुनमा संशोधन गरेकामा महासङ्घद्वारा स्वागत

काठमाडौं । आसन्न लगानी सम्मेलनलाई केन्द्रित गरी नेपाल सरकारले विभिन्न