कोरोना संक्रमण : ज्यान गुमाउनेको संख्या १४ सय ८६ पुग्यो, ६५ हजार बढी संक्रमित  | Khabarhub Khabarhub

कोरोना संक्रमण : ज्यान गुमाउनेको संख्या १४ सय ८६ पुग्यो, ६५ हजार बढी संक्रमित 


२ फाल्गुन २०७६, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- चीनमा माहामारीको रुप लिएको कोरोना भाइरसको संक्रमणबाट हालसम्म ज्यान गुमाउनेको संख्या १ हजार ४ सय ८६ पुगेको छ ।

कोरोनाको संक्रमणबाट ६५ हजार १ सय ९१ जना संक्रमित भएका छन् । बिहीबार हुबेई प्रान्तमा थप १ सय १० जनाको मृत्यु भएसँगै ज्यान गुमाउनेको संख्या १ हजार ४ सय ८६ पुगेको सीएनएनले जनाएको छ । 

कोरोनाको संक्रमणका कारण चीनबाहेक हङकङ, फिलिपिन्स र जापानमा एक-एक जनाको मृत्यु भएको छ ।

हुवेइमा मात्र कोरोना संक्रमित ३६ हजार ७ सय १९ जना अस्पताल भर्ना भएका छन् । जसमध्य १ हजार ६ सय ८५ जनाको अवस्था गम्भीर रहेको जनाइएको छ ।

कोरोना भाइरसबारे अनुसन्धानमा जुटेका वैज्ञानिकहरुका अनुसार यस भाइरसले २.२ जना व्यक्तिलाई संक्रमति गराइरहेको छ ।

अन्य भाइरसको अनुपात भने १.३ रहेको उनीहरुले बताएका छन् । हालसम्म यस भाइरस नियन्त्रण गर्ने भ्याक्सिन पत्ता लागेको छैन । यो भाइरस ३० वटा भन्दा बढी देशमा फैलिइरहेको छ ।

कोरोनाको भाइरसको उद्गम मानिएको चीनको वुहान क्षेत्र सवैभन्दा बढी प्रभावित बनेको छ ।

कोरोनाको महामारी नियन्त्रणमा नआएपछि विश्व स्वास्थ्य सङ्गठन (डब्ल्यूएचओ) को एउटा टोली चीनमा संक्रमणको उपचार तथा रोकथाममा जुटिरहेको छ ।

धेरै प्रयत्नकाबीच महामारी नियन्त्रणमा आउन नसकेपछि कोरोनाको अन्त्य कहिले होला भन्ने अनुमान गर्न जटिलता थपिएको विश्वस्वास्थ्य संगठनले जनाएको छ ।

विश्व स्वास्थ्य सङ्गठनका प्रमुख टेड्रोस एड्हानोम गेहब्रेयससका अनुसार प्रकोप फैलने दर कम भए पनि मृत्यु हुनेको संख्या नघटेकाले तत्कालै नियन्त्रणमा आउला भने पूर्वानुमान गर्न नसकिने जनाएका छन् ।

कोरोना संक्रमण सर्ने जोखिम २० प्रतिशतले घटेको दाबी गर्दै चीनले चाँडै भाइरसको संक्रमण नियन्त्रणमा लिने आश्वासन दिदै आइरहेको छ ।

प्रकाशित मिति : २ फाल्गुन २०७६, शुक्रबार  ८ : ०० बजे

कसले भेट्टायो भाटभटेनीको गहना ? (फोटो फिचर)

काठमाडौं- हाँडीगाउँमा किरातकालदेखि नै वैशाख कृष्ण प्रतिपदामा प्रख्यात जात्रा लाग्छ

दोलखामा सय दिने रोजगारीका लागि १५ हजार बढीले दिए आवेदन 

दोलखा– प्रधानमन्त्री रोजगार कार्यक्रमको लागि दोलखाका नौ स्थानीयतहका १५ हजार

त्रिविका कानुनी सल्लाहकार खनाललाई कारबाही नगर्न सर्वोच्चको आदेश

काठमाडौं– सर्वोच्च अदालतले त्रिभुवन विश्वविद्यालयका प्रमुख कानुनी सल्लाहकार एवं अधिवक्ता

लुम्बिनीमा बिना विभागीय मन्त्रीलाई दिइयो जिम्मेवारी

बुटवल– लुम्बिनी प्रदेशका विना विभागीय मन्त्रीलाई जिम्मेवारी दिइएको छ ।

उपनिर्वाचनको मौन अवधि आज रातिदेखि

काठमाडौं– यही वैशाख १५ गते हुने इलामको प्रतिनिधिसभा सदस्य निर्वाचन