कोरोना भाइरसको आशंका गर्ने आधार के हुन् ? | Khabarhub Khabarhub

कोरोना भाइरसको आशंका गर्ने आधार के हुन् ?


२ फाल्गुन २०७६, शुक्रबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- चीनमा देखिएको कोरोना भाइरसको संक्रमणका कारण मृत्यु हुनेको संख्या १४ सय ८६ पुगेको छ । चीनमा फैलिएको कोरोना भाइरसको त्रास नेपालमा पनि छ ।

नेपालमा जुनसुकै समयमा पनि कोरोना भाइरस फैलन सक्ने विज्ञहरुले बताएका छन् । कोरोना भाइरस फैलिन नदिन समयमै यसको पूर्व तयारी गर्नुपर्छ ।

कोरोना भाइरसको संक्रमणबाट चीनमा चिकित्सकको समेत मृत्यु भएको अन्तराष्ट्रिय सञ्चारमाध्ययमहरुले जनाएका छन् । त्यसैले कोरोना भाइरसको विषयमा डाक्टर तथा स्वास्थ्यकर्मीले विशेष ध्यान पुर्‍याउनुपर्छ ।

स्थानीय जनताको पहिलो स्वास्थ्य उपचार गर्ने थलो प्राथमिक स्वास्थ्य केन्द्रहरु हुन् । त्यसैले कोरोना भाइरसको विषयमा ठूला अस्पतालले मात्र होइन, प्राथमिक स्वास्थ्यकेन्द्र, जिल्ला अस्पताल, प्रादेशिक अस्पताल लगायत सबैले पूर्व तयारी गर्नुपर्छ ।

यस्तै चिकित्सक तथा स्वास्थ्यकर्मीलाई पनि कोरोना भाइरसको विषयमा सहि जानकारी हुन जरुरी छ ।

डाक्टर अग्रज उप्रेतीका अनुसार नेपालमा कोरोना भाइरस र सिजनल एन्फ्लुएन्जाको लक्षणबारे छुट्याउन मुस्किल छ । नेपालमा अहिले मौसम परिवर्तनको समय छ । त्यसले कोरोना भाइरसको लक्षण जस्तै रुघाखोकी लाग्ने गर्छ ।

जसले गर्दा रुघाकोखीको कारण कोरोना हो वा सिजनल फ्लु हो भन्नेमा चिकित्सकहरु पनि अन्यौलमा हुन्छन् । यस्तो अवस्थामा कोरोना भाइरस वा सिजनल फ्लु के हो भनेर कसरी आशंका गर्ने ? यो विषयमा अजा हामी जानकारी दिदैछौं ।

कोरोना भाइरसको आशांका के आधारमा गर्ने ?

रुघाखोकी लाग्ने, ज्वरो आउने, जीउ दुख्ने, श्वास फेर्न समस्या हुने लक्षण छ भने उनीहरुमा कोरोना भाइरसको लक्षण भएको शंका गरिएको छ ।

तर, यस्ता लक्षण सिजनल फ्लु अर्थाल इन्फ्लुएन्जा भएको बिरामीमा पनि देखिन्छ । यस्तो अवस्थामा ती बिरामीमा कोरोना भाइरसको लक्षण हो वा होइन भनेर चिकित्सकलाई पत्ता लगाउन मुस्किल पर्छ ।

यदी यस्तो दुविधा देखिएमा ती बिरामीमा यी समस्यासँगै निमोनिया समेत देखिएमा उनीहरुलाई कोरोना भाइरसको लक्षण हुनसक्ने आशंका गर्न सकिन्छ ।

माथिका लक्षण लिएर अस्पताल आउने बिरामीलाई उनीहरुको विषयमा राम्रोसँग सोधपुछ गर्नुपर्छ । जस्तै उनीहरु चीनबाट फर्किएका हुन् वा होइनन् ? चीनबाट आएका व्यक्तिसँग नजिक वा सँगै बसेका थिए कि थिएनन् ? भनेर सोधपुछ गर्नुपर्छ ।

रुघाखोकी र ज्वरोको लक्षण लिएर अस्पताल आएको बिरामी ४ वा १४ दिनअघि चीनबाट आएका व्यक्तिसँग थिए भने ती बिरामीमा पनि कोरोना भाइरसको आशंका गर्न सकिन्छ । वा उनी आफै चीनबाट फर्किएका व्यक्ति हुन् भने पनि उनमा कोरोना भाइरसको आशंका गर्न सकिन्छ ।

यस्तै बिरामीको घर, परिवार वा छिमेकमा उसको जस्तै लक्षण भएका बिरामी एकाएक बढेका छन् र उनीहरुमा पनि निमोनियाको समेत लक्षण देखिएको छ भने ती बिरामीमा कोरोना भाइरस भएको हुनसक्छ ।

त्यसैले कोरोना भाइरसको लक्षण भएका बिरामी स्वास्थ्यसंस्थामा आएमा उनीहरुको विषयमा राम्रोसँग सोधपुछ गरेर कोरोनाको आशंका गर्न सकिन्छ । यस्तै कोरोना भाइरसको आशंका गरीएका बिरामीलाई छुट्टै राख्नुपर्ने (आइसोलेसन) हुन्छ ।

किनकी ती बिरामीमा कोरोना भाइरसको लक्षण देखिएको रहेछ भने ती व्यक्तिबाट अन्य बिरामीमा पनि कोरोना सर्ने सम्भावना हुन्छ ।

त्यसैले चीनबाट फर्किएका वा चीनबाट फर्किएका व्यक्तिसँग नजिक रहेका व्यक्तिमा ज्वरो आउने, रुघाखोकी लाग्ने, निमोनिया हुने लक्षण छ भने तुरुत आइसोलेसन वेड भएको अस्पतालमा रेफर गरी ति बिरामीलाई आइसोलेसनमा राखेर उपचार गराउनु पर्छ ।

ती बिरामीमा कोरोना भाइरस छ वा छैन भनेर उनको नमुना परीक्षण गर्नुपर्छ । काठमाडौंको टेकुस्थित राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा कोरोना भाइरसको परीक्षण गरिन्छ ।

प्रकाशित मिति : २ फाल्गुन २०७६, शुक्रबार  ९ : ०५ बजे

नेपाल हुँदै भारत प्रवेश गर्न खोज्ने दुई चिनियाँ नागरिक पक्राउ

काठमाडौं । नेपाल हुँदै अवैध रुपमा भारत प्रवेश गर्न खोजेको

नेपालीपन झल्कने गरी विद्यालयको नामकरण गर्न आग्रह

काठमाडौं – काठमाडौं महानगरपालिकाले महानगरभित्रका निजी विद्यालयलाई नेपाली नामकरण गर्न

केजरीवाललाई थप चार दिन हिरासतमा राख्न अनुमति

नयाँ दिल्ली – मदिरा नीति घोटाला प्रकरणमा पक्राउ परेका दिल्लीका

अस्पताल परिसरमा इजरायली कारबाही जारी, एक हप्तामा २०० व्यक्तिको मृत्यु

तेल अभिभ – हमासका वरिष्ठ व्यक्तिहरू भित्र रहेको सुराकीपछि गाजामा

दाङमा अटो रिक्सा दुर्घटना, तीन जना घाइते

दाङ – दाङको लमीमा अटो रिक्सा दुर्घटना हुँदा तीन जना