गोविन्द वियोगी विशेष पत्रकारिता पुरस्कार गिरीलाई प्रदान गरिने | Khabarhub Khabarhub

गोविन्द वियोगी विशेष पत्रकारिता पुरस्कार गिरीलाई प्रदान गरिने


२९ पुस २०७६, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– सम्पादक समाज नेपालले यस वर्षको गोविन्द वियोगी विशेष पत्रकारिता पुरस्कार सगरमाथा टेलिभिजनका समाचार सम्पादक प्रकाश गिरीलाई प्रदान गर्ने भएको छ ।

समाजका संस्थापक अध्यक्ष एवं वरिष्ट पत्रकार स्वर्गीय गोविन्द वियोगीको स्मृतिमा स्थापना गरिएको विशेष पत्रकारिता पुरस्कारको रासी १५ हजार रुपैया रहेको छ।

निरन्तर दुई दशकदेखि पत्रकारिता क्षेत्रमा रहेका गिरी हाल सगरमाथामा आवद्ध छन् । उनले राजनीति, समाज र समसामयिक विषयमा बहस तथा कार्यक्रमहरु सञ्चालन गर्दै आएका छन्।

यस्तै यस वर्षको ‘गोविन्द वियोगी पत्रकारिता पुरस्कार” भने नागरिक राष्ट्रिय दैनिकका प्रधान सम्पादक गुणराज लुईटेललाई प्रदान गरिने भएको छ। त्यसैगरी ‘सम्पादक समाज सम्मान”बाट वरिष्ट पत्रकार एवं कुटनीतिज्ञ हिरण्यलाल श्रेष्ठ र वरिष्ट पत्रकार माधवकुमार रिमाललाई सम्मान गरिने भएको छ भने सम्पादक समान जयप्रसाद दाहाललाई मरणोपरान्त प्रदान गर्न लागिएको समाजका संयोजक एवं कार्यसमिति सदस्य हरि लम्सालले जानकारी दिए ।

स्वर्गीय गोविन्द वियोगीको १४ औंं पुण्यतिथिका अवसरमा आगामी माघ ४ गते शनिवार उक्त पुरस्कार प्रदान गरिने छ ।

प्रकाशित मिति : २९ पुस २०७६, मंगलबार  ९ : २८ बजे

डोल्पामा हिउँ चितुवाको सङ्ख्या नेपालमै उच्च

डोल्पा । हिमाली जिल्ला डोल्पामा दुर्लभ वन्यजन्तु हिउँ चितुवाको सङ्ख्या

सगरमाथा आरोहणका लागि तीन सय ५२ आरोहीले लिए अनुमति

काठमाडौं । यस वर्षको वसन्तयाममा सगरमाथा आरोहणका लागि तीन सय

काठमाडाैंमा ‘रोडसाइड रोलकल’ सडक संवाद सुरु

काठमाडौं । जिल्ला प्रहरी परिसर काठमाडौंले आज स्वयम्भूस्थित महाचैत्य प्राङ्गणमा

भारतले रोक्यो नेपाली चियाको निर्यात

झापा । भारतले पटके गुणस्तर परीक्षणको नयाँ प्रावधान लागू गरेर

त्रिभुवन विमानस्थलबाट आठ सय ५० ग्राम सुनसहित एक महिला पक्राउ

काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट प्रहरीले करिब आठ सय ५०