निकुञ्ज ऐन परिमार्जन हुँदै छ: प्रचण्ड | Khabarhub Khabarhub

निकुञ्ज ऐन परिमार्जन हुँदै छ: प्रचण्ड


२९ पुस २०७६, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

नेपाल कम्युनिष्ट पार्टी(नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले विसं २०२९ मा बनेको निकुञ्ज ऐन परिमार्जन हुने क्रममा रहेको बताएका छन् ।

माडी नगरपालिकाको आयोजना तथा थारु कल्याणकारिणी सभा क्षेत्र नं १ माडी र आदिवासी जनजाति महासङ्घ नगर समन्वय समिति माडीको सहआयोजनामा आजदेखि माडीमा शुरु भएको प्रथम खिचरा महोत्सवको उद्घाटन गर्दै उनले चितवन राष्ट्रिय निकुञ्ज र जनताबीच द्वन्द्व बढेको तर मौजूदा ऐनले वन्यजन्तुको सुरक्षामा ध्यान दिए पनि मानिसको सुरक्षामा ध्यान नदिएका कारण ऐन संशोधन गर्नुपरेको स्पष्ट गरे ।

सो अवसरमा नेता दाहालले आइडिया फर नेपालअन्तर्गत एनआर एन एण्ड पार्टनर्स कम्पनीद्वारा ५० बिघा जमीनमा सञ्चालन गर्न लागिएको फलफूलखेती र रिसोर्टको पनि शिलान्यास गरेका थिए ।

पूर्वप्रधानमन्त्री दाहालको माडीलाई ‘मणि’ बनाउन आफ्नै पहलमा विभिन्न परियोजना अघि बढिरहेको बताउँदै माडीकै सम्मानका लागि राष्ट्रियसभामा यहाँको प्रतिनिधित्व गराउन आफ्नै पहलमा गङ्गा बेलवासेलाई उम्मेदवार बनाइएको जानकारी दिए । माघ ६ गतेसम्म चल्ने महोत्सवमा एक सय कक्ष छन् ।

प्रकाशित मिति : २९ पुस २०७६, मंगलबार  ५ : १९ बजे

डोल्पामा हिउँ चितुवाको सङ्ख्या नेपालमै उच्च

डोल्पा । हिमाली जिल्ला डोल्पामा दुर्लभ वन्यजन्तु हिउँ चितुवाको सङ्ख्या

सगरमाथा आरोहणका लागि तीन सय ५२ आरोहीले लिए अनुमति

काठमाडौं । यस वर्षको वसन्तयाममा सगरमाथा आरोहणका लागि तीन सय

काठमाडाैंमा ‘रोडसाइड रोलकल’ सडक संवाद सुरु

काठमाडौं । जिल्ला प्रहरी परिसर काठमाडौंले आज स्वयम्भूस्थित महाचैत्य प्राङ्गणमा

भारतले रोक्यो नेपाली चियाको निर्यात

झापा । भारतले पटके गुणस्तर परीक्षणको नयाँ प्रावधान लागू गरेर

त्रिभुवन विमानस्थलबाट आठ सय ५० ग्राम सुनसहित एक महिला पक्राउ

काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट प्रहरीले करिब आठ सय ५०