मकर संक्रान्तिः राशिअनुसार के दान गर्दा कस्तो फल मिल्नेछ ? | Khabarhub Khabarhub

मकर संक्रान्तिः राशिअनुसार के दान गर्दा कस्तो फल मिल्नेछ ?


२९ पुस २०७६, मंगलबार  

पढ्न लाग्ने समय : 2 मिनेट


9
Shares
  • change font
  • change font
  • change font

ज्योतिष शास्त्रमा बार अनुसारकाे राशि फरक फरक हुन्छ ।

त्यस्तै, साप्ताहिक, मासिक र वार्षिक राशिफलबाट मानिसको हप्ता, महिना र वर्ष दिन कस्तो रहनेछ भन्ने भविष्यवाणि गरिन्छ । त्यतिमात्र नभएर विभिन्न पर्वमा कुन राशि भएका हरुले के दान गर्दा पुण्य मिल्छ भन्ने विषयमा समेत फलादेश गर्ने गरेको पाइन्छ ।

बुधबार मकर संक्रान्ति अर्थात माघि संक्रान्ति पर्व । यो पर्वमा राशि अनुसार के दान गर्दा कस्तो फल प्राप्ति हुन्छ भन्ने विषयमा यहाँ प्रस्तुत गरिएको छ ।

मेष – मेष राशि भएका व्यक्तिले पहेंलो फूल, हल्दी, तिलमा पानीमा मिसाएर सूर्यलाई अर्घ दिनुपर्छ। यो राशि भएकाले तिल र गुड दान गर्नुहोस् । यसोगर्दा तपाईले उच्च स्थान पाउनुहुनेछ।

वृष – सेतो चन्दन, दूध, सेतो फूल, तिललाई पानीमा राख्नुहोस् र सूर्यलाई अर्घ दिनुहोस्। ठूलो उत्तरदायित्व प्राप्त गर्ने र महत्त्वपूर्ण योजनाहरू शुरु गर्ने सम्भावनाहरू बढ्नेछ ।

मिथुन – तिल, दुबो र फूलहरू पानीमा मिसाउनुहोस् र सूर्यलाई अर्घ दिनुहोस्। गाईलाई हरियो घाँस दिनुहोस्। मुंग दालको खिचडी दान गर्नुहोस्। यसो गर्नाले खुशी प्राप्ति हुनेछ।

कर्कट – दूध, चामल, तिललाई पानीमा मिसाउनुहोस् र घामलाई अर्पण गर्नुहोस्। चामल, चिनी, तिल दान दिनुहोस्। संघर्ष र द्वन्द्वको अन्त्य हुनेछ।

सिंह – कुमकुम र रातो फूल, तिललाई पानीमा राख्नुहोस् र सूर्यलाई अर्घ दिनुहोस्। तिल, गुड, गहुँ, सुन दान गर्नुहोस्।  यसो गर्नाले उपलब्धि हासिल हुनेछ।

कन्या – तिल, दुबो र पानीमा फूलहरू थपेर सूर्यलाई अर्घ दिनुहोस । मुंग दालको खिचडी दान गर्नुहोस्। गाईलाई घाँस लगायत खाना खुवाऊनुहोस। तपाईंलाई राम्रो समाचार प्राप्त हुनेछ।

तुला- सेतो चन्दन, दूध, चामल, तिल मिसाएर सूर्यलाई अर्पण गर्नुहोस्। चामल दान गर्नुहोस्। व्यापारमा बाह्य सम्बन्धबाट लाभहुनेछ साथै शत्रुहरू परास्त हुनेछन्।

वृश्चिक- कुमकुम, रातो फूल र तिललाई पानीमा राखेर यसलाई सूर्यमा अर्पण गर्नुहोस्। गुड दान गर्नुहोस्। विदेशी काम र विदेश यात्राबाट फाइदा हुन्छ।

धनु – हल्दी, केसर, पहेलो फूल पानीमा राखेर सूर्यलाई अर्घ दिनुहोस् । यसो गर्दा चारै तर्फबाट विजय हुनुहुनेछ।

मकर – गाढा निलो फूलहरू र तिललाई पानीमा राखेर सूर्यलाई अर्घ दिनुहोस्। गरिबहरूलाई खाना खुवाउनुहोस । यसोगर्दा विभिन्न कुरामा तपाइको अधिकार प्राप्त हुन्छ।

कुम्भ – नीलो-कालो फूलहरू, सरसौंको तेल र तिललाई पानीमा मिलाउनुहोस् अनि सूर्यलाई अर्पण गर्नुहोस्। तेल र तिलको दान दिनुहोस्। विरोधीहरू पराजित हहुनेछन्। विभिन्न प्रकारका भेटी र सम्मान प्राप्त हुनेछ ।

मीन – हल्दी, केसर, पहेंलो फूल, तिल एकै ठाउँमा राखेर सूर्यलाई अर्पण गर्नुहोस्। सरसों, केसर दान गर्नुहोस्। यसबाट सम्मान, ख्याति बढ्नेछ।

प्रकाशित मिति : २९ पुस २०७६, मंगलबार  ३ : ५१ बजे

वेस्ट इन्डिज ‘ए’ विरुद्ध खेल्ने नेपाली टिमको घोषणा

काठमाडौं– नेपालले वेस्ट इन्डिज ‘ए’ विरुद्ध खेल्ने टिमको घोषणा गरेको

१६ औँ योजनामा सूचना प्रविधिको विस्तारमा प्रधानमन्त्रीको जोड

काठमाडौं– प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले १६ औँ योजनामा एकीकृत पूर्वाधार

सुनको मूल्य घट्यो, कतिमा भइरहेको छ कारोबार ? 

काठमाडौं– नेपाली बजारमा बिहीबार सुनको मूल्य घटेको छ । नेपाल

प्रिओपन सेसनमा नेप्से २ अंकले बढ्यो

काठमाडौं– साताको अन्तिम कारोबार दिन आज प्रिओपन सेसनमा नेप्से परिसूचक

बसको ठक्करबाट एक महिलाको मृत्यु

चितवन– पूर्वी चितवनको राप्ती नगरपालिकामा बसको ठक्करबाट एक जना तीर्थयात्रीको