सुख्खा पहिरोले विद्युत आयोजनामा क्षति | Khabarhub Khabarhub
Logo
४ माघ २०७६, शनिबार

सुख्खा पहिरोले विद्युत आयोजनामा क्षति



फाइल तस्वीर

सिन्धुपाल्चोक- सिन्धुपाल्चोकको भोटेकोशी गाउँपालिका–२ तातोपानीमा कलाछे भन्ने स्थानमा सोमबार बेलुका झरेको सुक्खा पहिरोले भैरवकुण्ड विद्युत् आयोजनामा क्षति पुगेको छ ।

क्षति पुगेसँगै ३.१ मेगावाट विद्युत् उत्पादनसमेत बन्द भएको छ । पहिरोबाट कार्यालय भवन, बाँध र एक स्काभेटरसमेत पुरिएका छन् ।

करीब २५० मिटर लम्बाइ र १५० मिटर चौडाइको यो पहिरोबाट भैरवकुण्डस्थित लार्चाखोलाको तीन भाग पानीमध्ये एक भाग थुनिएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक माधवप्रसाद काफ्लेले जानकारी दिए ।


भर्खर

0