सार्वजनिक बसमा हस्तमैथुन गर्ने युवक १ वर्षपछि चितवनबाट पक्राउ | Khabarhub Khabarhub

सार्वजनिक बसमा हस्तमैथुन गर्ने युवक १ वर्षपछि चितवनबाट पक्राउ


२९ पुस २०७६, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


3
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- सार्वजनिक बसमा यात्राका क्रममा अश्लिल हर्कत देखाउने एक युवा पक्राउ परेका छन् ।

उनलाई चितवनबाट पक्राउ गरिएको हो । २०७५ मंसिरमा सार्वजनिक बसभित्रै यात्रा गरिरहेकी युवतीलाई लक्षित गरी एक युवकले हस्तमैथुन गरी युवतीको कपालमा वीर्य स्खलन गरेको भिडियो सामाजिक सञ्जालमा पोस्ट भएको थियो ।

भिडियोमा लगनखेल–स्वयम्भू/डल्लु रुटमा चल्ने बसको पछाडि सीटमा बसेका युवकले अघिल्लो सीटमा बसेकी युवतीको कपालमा हस्तमैथुन गरी वीर्य स्खलन गरेका थिए ।

यही भिडियोका आधारमा महानगरीय प्रहरी अपराध महाशाखाको टोलीले ती युवकलाई सोमबार चितवनबाट पक्राउ गरेको हो । युवक आफैंले भिडियो खिचेर सामाजिक सञ्जालमा अपलोड गरेको प्रहरीको आशंका छ ।

उनले यो हर्कत गरेको स्वीकारेका छन् । उनीविरुद्ध उजुरी परेपछि प्रहरीको खोजी सूचीमा रहेका ती युवक फरार थिए ।

उनीमाथि लागेको अपराध पुष्टि भए ६ महिनासम्म कैद र हजार रुपैयाँ जरिवाना हुनसक्ने व्यवस्था छ ।

प्रकाशित मिति : २९ पुस २०७६, मंगलबार  ८ : ३३ बजे

दिल्लीमाथि राजस्थान रोयल्स १२ रनले विजयी

काठमाडौं – इन्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले दिल्ली

निःशुल्क औषधीका नाममा नागरिकको जनस्वास्थ्यमा खेलबाड

काठमाडौं – कैलालीको लम्कीचुहा नगरपालिका ४ बलियाका ५० वर्षीय देशराम

विराट गोल्डकपः भुटानको विजयी सुरुवात

मोरङ– विराट गोल्ड कप ट्रष्टद्वारा विराटनगरको शहीद रङ्शालामा आयोजित रात्रिकालीन

यस्तो छ आजको मौसम 

काठमाडौं– जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार

बिहीबार वर्षाले अवरुद्ध नेपाल र आयरल्याण्ड ‘ए’को सिरिज आजदेखि

काठमाडौं – बिहीबारदेखि हुने भनेको नेपाल र आयरल्याण्ड ‘ए’को टी-२०