हिमपातले पाकिस्तानमा २५ जनाको मृत्यु, संकटकालको घोषणा | Khabarhub Khabarhub

हिमपातले पाकिस्तानमा २५ जनाको मृत्यु, संकटकालको घोषणा


२९ पुस २०७६, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- भारी हिमपात र भीषण वर्षाले पाकिस्तानमा २५ जनाको मृत्यु भएको छ । मौसममा आएको खराबीसँगैको यो बिपत्तीका कारण पाकिस्तान सरकारले प्रभावित क्षेत्रमा संकटकालको घोषणा गरेको छ ।

सबैभन्दा ठूलो राज्य बलुचिस्तानमा अत्याधिक हिमपात हुँदा १४ जनाको मृत्यु भएको छ । खराब मौसमका कारण सडक र हवाइमार्ग पनि प्रभावित भएका छन् ।

बलुचिस्तानमा कुनै पनि माध्यमबाट सम्पर्क हुन नसकेको अधिकारीहरले जनाएका छन् । क्वेटांमा निरन्तरको हिमपातले कच्ची घर भत्किएका छन् ।

अस्पतालमा दर्जनौं घाइने भर्ना भएका छन् । पाकिस्तानमा २० बर्षयताकै भीषण हिमपात भएको हो । बलुचिस्तानका सात जिल्लामा भीषण वर्षा र हिमपात भएपछि संकटकाल घोषणा गरिएको छ ।

प्रकाशित मिति : २९ पुस २०७६, मंगलबार  ८ : १५ बजे

उपनिर्वाचनको आज प्रचार प्रसारको अन्तिम दिन

इलाम– इलाम क्षेत्र नम्बर-२ मा वैशाख १५ मा हुने उपनिर्वाचनका

अमेरिकामा टिकटकमाथि प्रतिबन्ध लगाउने विधेयक कांग्रेसद्वारा पारित 

वासिङ्टन– अत्यन्त लोकप्रिय सामाजिक सञ्जाल एप टिकटकलाई यसको चिनियाँ मूल

नेपाल र कतारबीच विभिन्न ८ वटा समझदारीमा हस्ताक्षर

नेपाल र कतारबीच विभिन्न ८ वटा विषयमा समझदारी भएको छ

काभ्रेको भुम्लुमा सुमो दुर्घटना, जना १० घाइते

धुलिखेल– काभ्रेपलाञ्चोकको भुम्लु, मुलाबारीमा सुमो दुर्घटना हुँदा १० जना घाइते

सुनको मूल्य बढ्यो, कतिमा भइरहेकाे छ कारोबार ?

काठमाडौं– नेपाली बजारमा बुधबार सुनको मूल्य बढेको छ । नेपाल