ओशोको बायोग्राफीमा अभिनय गर्ने राजबल्लभको चाहना | Khabarhub Khabarhub

ओशोको बायोग्राफीमा अभिनय गर्ने राजबल्लभको चाहना


२८ मंसिर २०७७, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – भारतीय दार्शनिक तथा पब्लिक स्पिकर रजनीश ओशोका नेपालमा पनि उत्तिकै शुभचिन्तक छन् । ओशोका विचारबाट प्रभावित भएका कैयन् मानिसले उनलाई भगवान् मान्छन् ।

ओशोको जीवन आफैमा निकै चाखलाग्दो छ । भारतमा जन्मिएका ओशोले लामो समयसम्म अध्यात्म र दर्शनलाई विस्तार गरिरहे । उनका विचारबाट प्रभावित व्यक्तिले ओशो मार्ग अपनाउने गरेका छन् ।

ओशोले दिएका प्रवचनका भिडियो साम्रगी युट्युबमा समेत सुन्न सकिन्छ भने पुस्तकका रुपमा पनि प्रकाशन भएका छन् ।

यसैबीच अमेरिकामा रहेका अभिनेता राजबल्लभ कोइरालाले ओशोको जीवनमा आधारित फिल्म बने त्यसमा आफूले अभिनय गर्न चाहेको धारणा राखेका छन् ।

शनिवार राजबल्लभले सामाजिक सञ्जाल फेसबूकमा ओशो र आफ्नो तस्वीर शेयर गर्दै लेखेका छन् – ‘ओशोसम्बन्धि चलचित्र बनाउन कसैले खोज्यो भने र मैले थाहा पाएँ भने अडिसनमा यही फोटो पठाउनु पर्ला ।’

राजबल्लभले शेयर गरेको तस्वीरमा उनको लूक ओशोसँग हल्का मिल्छ ।

पछिल्लो समय राजबल्ल कोइराला नेपाली फिल्म क्षेत्रबाट टाढा छन् । यसअघि उनी केही समयका लागि नेपालमा आएका थिए । पछि फेरि उनी अमेरिका फर्किए ।

सामाजिक सञ्जालमा भने राजबल्लभ सक्रिय भइरहन्छन् । नेपाली फिल्मबाट टाढा भए पनि उनले फिल्मप्रति चासो भने राख्ने गरेका छन् ।

प्रकाशित मिति : २८ मंसिर २०७७, आइतबार  १ : ४५ बजे

बोक्सीको घरको प्रिमियर सम्पन्न

काठमाडौं – शुलक्षण भारतीको लेखन तथा निर्देशन रहेको फिल्म ‘बोक्सी’को

आगोले पाइप जलेपछि खानेपानीको समस्या

स्याङ्जा – वनमा लागेको आगोले पाइप जलेपछि गाउँमा खानेपानीको समस्या

मटिहानीमा लागेको आगो ६ घण्टापछि नियन्त्रण

जलेश्वर । महोत्तरीको मटिहानी नगरपालिका–६ जरलहवाहत्ता टोलमा आज दिउँसो लागेको

डोल्पामा जेठ १० गतेदेखि यार्सा सङ्कलन खुला

डोल्पा । हिमाली जिल्ला डोल्पामा आगामी जेठ १० गतेदेखि औपचारिकरुपमा

प्रहरीद्वारा १६ लाख बराबरको सामान बरामद

कञ्चनपुर । कञ्चनपुरमा भारतबाट भन्सार छली गरी ल्याएको रु १६