म्युजिक भिडियोको भरमा कलाकार | Khabarhub Khabarhub

म्युजिक भिडियोको भरमा कलाकार


२८ मंसिर २०७७, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – कोरोना भाइरसको महामारीपछि सिर्जना भएको अवस्थाले कैयन् कलाकारको जीवनमा प्रभाव पारेको छ । लामो समयदेखि कामविहीन हुँदा कलाकारको दैनिक जीवनमा समेत प्रभाव परेको छ ।

लकडाउन खुकुलो भएसँगै कलाकारहरु एकपछि अर्को म्युजिक भिडियोमा देखा पर्न थाले । पल शाह, पुष्प खड्का, आँचल शर्मा, वर्षा शिवाकोटी, नाजिर हुसेन, आकाश खड्का लगायत कलाकार म्युजिक भिडियोमा छाए ।

त्यसो त राजेश हमालले अभिनय गरेका म्युजिक भिडियो पनि रिलिज भए । चर्चित कलाकारलाई म्युजिक भिडियोमा लिँदा म्युजिक भिडियोको समेत हाइप बढ्ने भएपछि म्युजिक भिडियो निर्माताले पनि कलाकारलाई लिन कुनै अप्ठेरो भएन ।

पछिल्लो समय कलाकार तथा मोडल पल शाहले अभिनय गरेका म्युजिक भिडियो सबैभन्दा बढी रिलिज गरिएका छन् । म्युजिक भिडियोमा महंगो पारिश्रमिक लिने कलाकार पनि उनै हुन् ।

योसँगै नाजिर हुसेन, आकाश श्रेष्ठ, पुष्प खड्का लगायत पनि म्युजिक भिडियोमा जमेका छन् । यस्तै वर्षा शिवाकोटी, आँचल शर्मा, केकी अधिकारी लगायतका चर्चित कलाकारहरु पनि म्युजिक भिडियोमा देखिएका छन् ।

त्यसो त पछिल्लो समय फिल्म निर्माणको घोषणा पनि हुन थालेको छ । केही फिल्मको धमाधम छायांकन भइरहेको छ । यता कोरोना भाइरसका कारण ठप्प भएको फिल्म क्षेत्र चलायमान हुन अझै केही समय लाग्ने देखिन्छ ।

प्रकाशित मिति : २८ मंसिर २०७७, आइतबार  १२ : ५६ बजे

‘मनसरा’ नौलो अभ्यास : फिल्म प्रचार गर्न कविता कन्सर्ट

काठमाडौं– ‘मनसरा’ टिमले कविता कन्सर्टमार्फत चलचित्रको प्रचार गर्दै आएको छ

ललितपुरमा एन्फा अन्तरकलेज फुटसल हुने

काठमाडौं– अखिल नेपाल फुटबल संघ (एन्फा) को आयोजनामा हुने बैशाख

तातो हावाले नेपालगञ्जको जनजीवन प्रभावित

खजुरा– चर्को गर्मी र तातो हावा ‘लु’ का कारण बाँके

जलवायु परिवर्तनले फैलिँदै मलेरिया

लागोस– गत वर्ष अमेरिकामा स्थानीयरूपमा प्रसारित मलेरिया थोरै सङ्ख्यामा पाइएपपछि

टोकियोका दर्शकले पलसँगै बसेर ‘पुजार सार्की’ हर्ने पाउने !

काठमाडौं– चलचित्र ‘पुजार सार्की’ जापानभर प्रदर्शनमा आउने भएको छ ।