दिवंगत पितृको सम्झनामा शतबीज छरिँदै | Khabarhub Khabarhub

दिवंगत पितृको सम्झनामा शतबीज छरिँदै


२८ मंसिर २०७७, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- आज बालाचतुर्दशी । आज बिहानै काठमाडौको पशुपतिनाथ लगायत देशभरका शिवालयमा दिवंगत पितृको सम्झनामा शतबीज छरिँदै छ ।

मार्गकृष्ण पक्षको चतुर्दशी अर्थात् बालाचतुर्दशीको बिहान परिवारभित्रका दिवङ्गत आत्माको चिरशान्तिको कामना गर्दै शतबीज छर्ने गरिन्छ ।

बालाचतुर्दशीमा पाशुपत क्षेत्रको १०८ शिवलिङ्ग, कैलाश, सूर्यघाट, गौरीघाट, आर्यघाट, गुह्येश्वरी, पशुपति, मृगस्थली, विश्वरूप र किराँतेश्वर आदि ठाउँमा शतबीज छरिन्छ ।

गएराति भक्तजनले पशुपतिनाथको मन्दिर वरपर बसी दिवङ्गत आत्माका नाममा महादीप बाली भजनकीर्तन गरी रात बिताएपछि आज विहानै शतविज छरेर दिवगंत आत्माको मुक्तिको कामना गरिन्छ ।

धर्मग्रन्थका अनुसार शतबीजमा सय गेडा धान चढाउने भनिएपनि हिजोआज धान, जौ, तिल, गहुँ, चना, मकै, कागुनो गरी सप्तबीज छर्ने गरिन्छ । तर, कोरोनाका कारण यसवर्ष पशुपति क्षेत्रमा मेला नलागेको पशुपति क्षेत्र विकास कोषले जनाएको छ ।

प्रकाशित मिति : २८ मंसिर २०७७, आइतबार  ९ : १५ बजे

बिहीबारको विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौं – आज २०८१ साल वैशाख १३ गते बिहीबार सन्

बिहीबार भगवान विष्णुको पूजा

काठमाडौं – आज २०८१ साल वैशाख १३ गते बिहीबार तदनुसार

आज २०८१ साल वैशाख १३ गते बिहीबारको राशिफल

काठमाडौं – आज २०८१ साल वैशाख १३ गते बिहीबार तदनुसार

बोक्सीको घरको प्रिमियर सम्पन्न

काठमाडौं – शुलक्षण भारतीको लेखन तथा निर्देशन रहेको फिल्म ‘बोक्सी’को

आगोले पाइप जलेपछि खानेपानीको समस्या

स्याङ्जा – वनमा लागेको आगोले पाइप जलेपछि गाउँमा खानेपानीको समस्या