यो हो स्तन क्यान्सरबारे पत्ता लगाउने ‘ब्रा’ ! | Khabarhub Khabarhub

यो हो स्तन क्यान्सरबारे पत्ता लगाउने ‘ब्रा’ !


२८ मंसिर २०७७, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

एजेन्सी– ‘इवा ब्रा’ नामको ब्राले स्तन क्यान्सर भए-नभएको पत्ता लगाउन सक्ने दाबी गरिएको छ ।

मेक्सिकोका १८ वर्षीय जुलियन रिओस चान्टुले यो ब्रा निर्माण गरेका हुन् । उनका अनुसार यो ब्राले स्तन क्यान्सरको लक्षणबारे सूचना दिन्छ ।

यसको पुरै परीक्षण हुन बाँकी रहेको छ। तर मेडिकल साइन्सले भने यसको पुष्टि गरिसकेको छैन । क्यान्सरयुक्त ट्युमरमा रक्त प्रवाह बढ्ने कारण छालाको तापमान बढ्छ । इवा ब्राको बायो सेन्सरले तापमान मापन गर्छ र यो ब्रालाई यो एउटा एपमा जोडिएको हुन्छ ।

यसमा जे परिवर्तन आउँछ, त्यसबारे अग्रिम जानकारी इवा ब्रा लगाएको महिलालाई मिल्नेछ । एक सातामा यो ब्रालाई कम्तीमा ६० देखि ९० मिनेटसम्म लगाउनुपर्नेछ, त्यसपछि मात्र यसले सही अलर्ट गर्नेछ ।

जुलियनका अनुसार ब्राको भित्री भागमा राखिएको सेन्सरले हरेक क्षण स्तनको समान स्थितिबारे मापन गर्दछ ।

एजेन्सीको सहयोगमा

प्रकाशित मिति : २८ मंसिर २०७७, आइतबार  ५ : ४९ बजे

डोल्पामा हिउँ चितुवाको सङ्ख्या नेपालमै उच्च

डोल्पा । हिमाली जिल्ला डोल्पामा दुर्लभ वन्यजन्तु हिउँ चितुवाको सङ्ख्या

सगरमाथा आरोहणका लागि तीन सय ५२ आरोहीले लिए अनुमति

काठमाडौं । यस वर्षको वसन्तयाममा सगरमाथा आरोहणका लागि तीन सय

काठमाडाैंमा ‘रोडसाइड रोलकल’ सडक संवाद सुरु

काठमाडौं । जिल्ला प्रहरी परिसर काठमाडौंले आज स्वयम्भूस्थित महाचैत्य प्राङ्गणमा

भारतले रोक्यो नेपाली चियाको निर्यात

झापा । भारतले पटके गुणस्तर परीक्षणको नयाँ प्रावधान लागू गरेर

त्रिभुवन विमानस्थलबाट आठ सय ५० ग्राम सुनसहित एक महिला पक्राउ

काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट प्रहरीले करिब आठ सय ५०