जाडोयाममा सुन्ताला खानुका यस्ता छन् फाइदा   | Khabarhub Khabarhub

जाडोयाममा सुन्ताला खानुका यस्ता छन् फाइदा  


२८ मंसिर २०७७, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- हुन त सुन्तला फल्ने मौसम नै जाडोको समयमा हो । यो मौसममा सुन्तला खानु अत्यावश्यक छ ।

तर कतिपयले भने चिसो लाग्ला भनेर सुन्तला खाँदैनन् । यदि तपाई पनि यस्तै सोच्दै हुनुहुन्छ भने तपाईँका लागि यो सामग्री खुराक बन्नेछ । यस्ता छन् जाडोमा सुन्ताला खानुका फाइदा

कोलेस्टरोल घटाउनः सुन्तलामा फाइबर प्रशस्त मात्रामा पाइन्छ । यसले शरीरमा कोलेस्टरोलको मात्रा घटाउँछ ।

रक्तचाप नियन्त्रण गर्नः सुन्तलामा पाइने फ्लाभोनोइड हेस्पेरिडिन र म्याग्नेसियमले उच्च रक्तचापलाई नियन्त्रण गर्छ ।

मिर्गौला स्वस्थ राख्नः सुन्तला खाँदा मिर्गौलासम्बन्धी रोग लाग्ने सम्भावना कम हुन जान्छ र पत्थरीको समस्या पनि हुँदैन ।

कलेजो जोगाउनः सुन्तलामा क्यारोटेनोइड्स नामक तत्व पाइन्छ, जसले कलेजोको क्यान्सर हुनबाट जोगाउँछ ।

छालाको सुरक्षाः सुन्तलामा बेटा–क्यारोटिन पाइन्छ । यो उत्तम एन्टी अक्सिडेन्ट हो । यसले छालालाई चम्किलो बनाउँछ ।

भाइरल इन्फेक्सन हटाउँछः सुन्तलामा पोलिफेनोल्सजस्ता तत्व प्रशस्त मात्रामा पाइन्छन् । यी तत्वले रुघाखोकीजस्ता भाइरल इन्फेक्सनबाट जोगाउँछन् ।

कब्जियत खुलाउनः कब्जियतको समस्या छ भने सुन्तला खाने गर्नुस्, दिसा खलास हुन्छ । यसमा फाइबरको मात्रा उच्च हुन्छ, जसले पाचन प्रक्रियालाई बलियो बनाउँछ ।

आँखा तेजिलो बनाउनः सुन्तलामा पाइने भिटामिन–ए, क्यारोटेनोइडजस्ता तत्वले आँखालाई तेजिलो बनाउँछन् र रतन्धोजस्तो समस्या देखापर्न दिँदैनन् ।

क्यान्सरबाट जोगिनः सुन्तलामा साइट्रस लिमोनोइड्स प्रशस्त मात्रामा पाइने भएकाले छाला, फोक्सो, स्तन, पेट र मलाशयमा हुने क्यान्सरबाट जोगाउछ ।

मुटु बलियो बनाउनः सुन्तलामा पोटासिमय र इलेक्ट्रोलाइट मिनरल हुन्छन् । यिनले मुटुको गतिविधिलाई सुचारु राखी यसलाई स्वस्थ राख्न सहयोग पुर्‍याउँछ ।- एजेन्सीको सहयोगमा

प्रकाशित मिति : २८ मंसिर २०७७, आइतबार  ५ : ३० बजे

अर्घाखाँचीमा आगलागीबाट एक सय तीन घरगोठ जले

अर्घाखाँची – अर्घाखाँचीमा आगलागीबाट डेढ महिनामा एक सय तीन घरगोठमा

गुणस्तरहीन चाउचाउ भेटिएपछि चौधरी ग्रुपलाई २ लाख जरिवाना

काठमाडौं । काठमाडौं महानगरपालिकाले चौधरी ग्रुपलाई २ लाख रुपैयाँ जरिवाना

कक्षा १२ को परीक्षा भोलिदेखि, तीन लाख ९० हजार परीक्षार्थी

भक्तपुर – कक्षा १२ परीक्षा भोलिदेखि देशभर एकैसाथ सुरुहुँदै छ

नक्कली शरणार्थी प्रकरण : रायमाझीसहित सात जनालाई थुनामै राख्न आदेश

काठमाडौं । सर्वोच्च अदालतले नक्कली भुटानी शरणार्थी प्रकरणमा नेकपा (एमाले)का

खेलकुद महासंघ सुनसरीको संयोजकमा पौडेल

बिराटनगर – नेपाल खेलकुद महासंघ सुनसरीको संयोजकमा बिकल पौडेल चयन