विश्वकप छनोट फुटबलमा अर्जेन्टिना र पराग्वेको बराबरी | Khabarhub Khabarhub

विश्वकप छनोट फुटबलमा अर्जेन्टिना र पराग्वेको बराबरी


२८ कार्तिक २०७७, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

एजेन्सी- फिफा विश्वकप छनोट खेलमा अर्जेन्टिनाले घरेलु मैदानमा पाराग्वेसँग बराबरी खेलेको छ ।

दक्षिण अमेरिकी छनोट अन्तर्गत शुक्रबार बिहान भएको खेलमा अर्जेन्टिना पाराग्वेसँग १-१ गोलको बराबरीमा रोकिएको हो ।

खेलको २२औँ मिनेटमा एन्जल रोमेरोले पेनाल्टीमा गोल गर्दै पराग्वेलाई सुरुवाती अग्रता दिलाएका थिए ।

खेलको ४१औँ मिनेटमा निकोलस गोन्जालेजले गोल गर्दै अर्जेन्टिनालाई १-१ गोलको बराबरीमा ल्याए । त्यसपछि दुबै टोलीबाट खेल हुन सकेन ।

बराबरीसँगै छनोटमा अर्जेन्टिनाले ३ खेलमा ७ अंक जोड्दै शीर्ष स्थानमा कायम छ । पाराग्वे पाँच अंक जोडेर चौंथो स्थानमा रहेको छ ।

प्रकाशित मिति : २८ कार्तिक २०७७, शुक्रबार  ९ : १९ बजे

कतारका अमिर थानी काठमाडौँ आइपुगे

काठमाडौं– कतारका अमिर शेख तमिम बिन हमाद अल थानी दुईदिने

सुदूरपश्चिममा रासायनिक मलको अभाव नहुने

गोदावरी– कृषि सामग्री कम्पनी लिमिटेड प्रादेशिक कार्यालय धनगढीले यस वर्ष

डेभलपमेण्ट बैंकर्स एशोसिएसनको सीईओमा मन्जिला नियुक्त

काठमाडौं – विकास बैंकहरूको छाता संस्था डेभलपमेण्ट बैंकर्स एशोसिएसन नेपालले

कतारी अमिरको भ्रमण : खाली गरियो काठमाडौंको सडक, निजी साधन चलाउन रोक

कतारका अमिर शेख तमिम बिन हमाद अल थानी सवार जहाज

सांस्कृतिक र पर्यटन उपभोग प्रवर्द्धन गर्न चीनको पहल सुरु

चीन– चीनमा संस्कृति तथा पर्यटन मन्त्रालयले सांस्कृतिक तथा पर्यटन उपभोग