चुनावमा पराजित ट्रम्पलाई बास्तविकता स्वीकार्न डेमोक्र्याट नेताहरूको आग्रह | Khabarhub Khabarhub

चुनावमा पराजित ट्रम्पलाई बास्तविकता स्वीकार्न डेमोक्र्याट नेताहरूको आग्रह


२८ कार्तिक २०७७, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- डेमोक्र्याटिक दलका नेताहरूले चुनावमा पराजित राष्ट्रपति डोनाल्ड ट्रम्पलाई वास्तविकता स्वीकार्न आग्रह गरेका छन् ।

दुई वरिष्ठ नेता सभामुख न्यान्सी पेलोसी र  माथिल्लो सदन सिनेटका नेता चक सुमरले रिपब्लिकन पार्टीका नेताहरूलाई वास्तविकता स्वीकार्न आग्रह गरेका हुन् ।

राष्ट्रपति ट्रम्प र रिपब्लिकन दलले सङ्कटलाई महामारीको संकटलाई बेवास्ता गर्दै चुनावी परिणाममा नचाहिँदो विवाद गरेको उनीहरूले बताएका छन् ।

अमेरिकी निर्वाचनपछिको पहिलो टेलिभिजन सम्बोधनका क्रममा पेलोसीले सङ्क्रमणको बढ्दो दर र मृत्यु हुनेहरूको सङ्ख्या लगायतका विषयलाई प्राथमिकताका साथ उठाएकी थिइन।

अमेरिकामा लगातार आठ दिनसम्म कोरोनाभाइरस सङ्क्रमण बृद्धि दैनिक एक लाख नाघ्न थालेको बताउँदै उनले त्यससँग जुध्ने गरी काम गर्न नयाँ नेतृत्वलाई साथ दिन आह्वान गरिन् ।

‘उनीहरू अहिले बेतुकको सर्कसमा संलग्न छन् र वास्तविकता स्वीकार गर्न अस्वीकार गर्दै छन्, यस्ता अवरोधले सङ्कटसँग सामना गर्ने विषयलाई झन् कठिन बनाएको छ,’ पेलोसीले भनिन् ।

सुमरले आर्थिक र स्वास्थ्य सङ्कटलाई सल्टाउन डेमोक्र्याटिक दललाई सहयोग गर्न रिपब्लिकनहरूलाई आग्रह गरेको बीबीसीले जनाएको छ ।

अमेरिमा यही नोभेम्बर ३ मा सम्पन्न चुनावमा जो बाइडन राष्ट्रपति निर्वाचित भए पनि डोनाल्ड ट्रम्पले हार स्वीकार गरेका छैनन् ।

प्रकाशित मिति : २८ कार्तिक २०७७, शुक्रबार  ८ : ०९ बजे

गोरखा भूकम्पको ९ वर्ष : बारपाककाे फेरियो स्वरूप (तस्बिरहरु)

गोरखा– २०७२ साल बैशाख १२ गते गोरखाको बारपाक केन्द्रविन्दु भएर

चीनमा ठूलो बाढी, एक लाख मानिसलाई स्थानान्तरण

बेइजिङ– दक्षिण चीनमा भारी वर्षा र बाढीका कारण एक लाखभन्दा

जङ्गलको डढेलो बस्तीमा पस्दा पाँच घर नष्ट

सोलुखुम्बु– सोलुखुम्बुको नेचासल्यान गाउँपालिका–२ देउपुजेको जङ्गलमा लागेको डढेलो बस्तीमा फैलिँदा

स्वास्थ्य क्षेत्रका चुनौती सामना गर्न सक्नुपर्छ : प्रधानमन्त्री

काठमाडौं– प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले स्वास्थ्य क्षेत्रमा नयाँनयाँ चुनौतीहरू

झापाको झिलझिलेमा सवारी दुर्घटना, तीनजनाको मृत्यु

झापा– झापाको शिवसताक्षी–८ झिलझिलेमा आज बिहान भएको सडक दुर्घटनामा तीन