इथियोपियाको द्वन्द्वमा सयौँ व्यक्तिको हत्या भएको एमनेष्टीको दाबी | Khabarhub Khabarhub

इथियोपियाको द्वन्द्वमा सयौँ व्यक्तिको हत्या भएको एमनेष्टीको दाबी


२८ कार्तिक २०७७, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

एजेन्सी- इथियोपियामा जारी द्वन्द्वमा सयौँ व्यक्तिको हत्या भएको एमनेष्टी इन्टरनेशनलले जनाएको छ ।

उत्तरी इथियोपियाको तिग्रेमा जारी द्वन्द्वमा नरसंहार भएको एमनेष्टीले सार्वजनिक गरेको प्रतिवेदनमा उल्लेख छ ।

द्वन्द्वमा मारिएका अधिकांश मजदुर र न्यून आय भएकाहरु रहेको एमनेष्टीले दावी गरेको छ ।

संघीय सरकारले उत्तरी राज्यमा नयाँ कानुन तय गर्ने क्रममा तिग्रे पिपल्स लिबरेसन फन्ट (टीपीएलएफ)ले संघीय सैन्य आधार शिविरहरुमा हमला गरेको भन्दै गत साताबाट सेनाले सैन्य कारवाही सुरू गरेको छ ।

त्यस क्षेत्रमा दुवै पक्षका सेनाबीच अहिले पनि हतियार भण्डारण गरिएका क्षेत्रलाई केन्द्रित बनाई हमला भइरहेको अन्तर्राष्ट्रिय सञ्चार माध्यमहरूले जनाएका छन् ।

विद्रोही र सरकारी सेनाबीचको भीडन्तका कारण सार्वजनिक तथा निजी संरचनाहरु क्षतिग्रस्त भएका छन् ।

आक्रमणबाट बच्न हजारौं नागरिक विस्थापित भएका छन् । बिस्थापितहरु सीमापार गर्दै शरणार्थी शिविरमा पुगेको एमनेष्टीले जनाएको छ ।

प्रकाशित मिति : २८ कार्तिक २०७७, शुक्रबार  ७ : १५ बजे

जनकपुरको गेस्टहाउसमा युवा-युवती मृत भेटिए, नाबालिका जीवितै

जनकपुरको एक गेस्ट हाउसमा झुन्डिएको अवस्थामा महिला र पुरुषको शव

कतारका अमिर थानी काठमाडौं आइपुगे

काठमाडौं– कतारका अमिर शेख तमिम बिन हमाद अल थानी दुईदिने

सुदूरपश्चिममा रासायनिक मलको अभाव नहुने

गोदावरी– कृषि सामग्री कम्पनी लिमिटेड प्रादेशिक कार्यालय धनगढीले यस वर्ष

डेभलपमेण्ट बैंकर्स एशोसिएसनको सीईओमा मन्जिला नियुक्त

काठमाडौं – विकास बैंकहरूको छाता संस्था डेभलपमेण्ट बैंकर्स एशोसिएसन नेपालले

कतारी अमिरको भ्रमण : खाली गरियो काठमाडौंको सडक, निजी साधन चलाउन रोक

कतारका अमिर शेख तमिम बिन हमाद अल थानी सवार जहाज