तरकारीमा अति आवश्यक मानिने सेतो र रातो आलु खाई नै रहेका हुन्छौँ ।
आलुका प्रकार पनि विभिन्न किसिमका हुन्छन् ।सामान्यतया राताो र सेतो आलु हामीले देखेको भए पनि यो बैजनीरंगको आलुका बारेमा धेरैलाई थाहा नहुन पनि सक्छ ।
वैज्ञानिकरुले एउटा यो बैजनीरंगको आलुको उत्पादन गरेका छन् । यो आलुको प्रयोगले मानिसलाई आयु बढ्ने उनीहरुको दाबी छ ।
केही वर्षको परिक्षणबाट वैज्ञानिकहरुले उक्त आलु उत्पालन गर्न सफल भएका हुन् ।
बैजनीरंगको उक्त आलुलाई वैज्ञानिहरुले टेस्ट ट्युवमा तयार गरे पछि माटोमा रोपेको थियो । सामान्य तया अन्य आलु भन्दा केही फरक देखिने उक्त आलुमा भिटामीन सीको मात्र ३ गुण धेरै हुन्छ भने अक्सिकरण निरोधक तत्वहरु ४ गुण बढि हुने बताइएको छ ।
करिव २० प्रजाति तयार भएको सो आलु अन्य आलु जस्तै स्वादिष्ट हुने बैज्ञानिकहरुको भनाइ छ ।
उक्त आलुमा अक्सिकरण निरोधक तत्व भएकोले मानिसलाई बुढोपन हुन जोगाउँछ । अक्सिकरणले मानिसलाई छिटो बुढो बनाउँदछ ।
– एजेन्सीको सहयोगमा
प्रतिक्रिया