बझाङमा १२ वर्षपछि नियमित उडान | Khabarhub Khabarhub

बझाङमा १२ वर्षपछि नियमित उडान


२७ आश्विन २०७७, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

बझाङ- बन्द भएको १२ वर्षपछि सूदुरपश्चिमको विकट पहाडी जिल्ला बझाङको देवल विमानस्थलबाट नियमित उडान शुरु भएको छ ।

बझाङ विमानस्थल प्रखुम मोहन गिरीले विमानस्थल कालोपत्रे भएपछि असोज १७ गते शनिबार परीक्षण उडान गरिएको र आज देखि नियमीत उडान शुरु भएको बताए ।

मंगलबार समिट एयरले धनगढीबाट १८ यात्रु लिएर बझाङ पुगेको हो । अब हप्ताको दुई दिन र यात्रुको अवस्था हेरी उडान हुने गरी समिट एयरले सेवा दिने भएको हो ।

धनगढी बझाङ बसको यात्रा गर्दा धेरै समय लाग्ने र जोखीमपूर्ण हुने भएकोले हवाई यात्रा गर्दा खुशी भएको यात्रु प्रकाश सिहंले बताए ।

भाडा दर केही महङ्गो भएपनि समिट एयरले बझाङबासीको प्लेन चढ्ने धोको पुरा गरिदिएको अर्का यात्रु विराटसिहं कठायतले बताए ।

समिट एयरले मंगलवारदेखि धनगढीबाट देवल विमानस्थलमा उडान शुरु गरेको हो ।

गएको शनिवार विमानस्थलमा परीक्षण उडान गरिएको थियो । परीक्षण उडानमा संस्कृति पर्यटन तथा नागरिक उड्यन मन्त्री योगेश भट्टराई सहित सहभागि भएका थिए ।

२०६५ सालदेखि बन्द विमानस्थल कालोपत्रे गरिएपछि मंगलवारबाट नियमित उडान शुरु भएको हो ।

नेपाल नागरिक उड्यन प्राधिकरणले सूदुरपश्चिमका हिमाली तथा पहाडी जिल्लालाई राजधानीसँग जोडने अभियान अन्तरगत बझाङ विमानस्थलमा नियमित उडान शुरु भएको जनाएको छ ।

प्रकाशित मिति : २७ आश्विन २०७७, मंगलबार  ९ : ४५ बजे

पर्वतका ७० वनमा डढेलो, एक हजार चार सय हेक्टर जङ्गल नष्ट

पर्वत– यहाँका विभिन्न वन–जङ्गलमा डढेलो लाग्ने क्रम रोकिएको छैन ।

डढेलो निभाउने क्रममा जलेर वृद्धको मृत्यु

खोटाङका डढेलो निभाउने क्रममा एकजना वृद्धले ज्यान गुमाएका छन् ।

कालीकोटकै नमूना स्याउ फोइमहादेवमा

मान्म– कालीकोट जिल्लाकै नमूना स्याउ बगैँचा तिलागुफा नगरपालिका–३ फोइमहादेव गाउँमा

प्रेम सम्बन्धको विवादले धनुषाको औराहीमा तनाव, प्रहरीले हान्यो ९ सेल अश्रुग्यास

 काठमाडौं– धनुषाको औरही गाउँपालिका–१ पौडेसरमा प्रहरी र स्थानीय बासिन्दाबीच बिहीबार

सडक पहुँचसँगै ओलाङ्चुङगोला पुग्न सहज

फुङ्लिङ– ताप्लेजुङको सदरमुकाम फुङ्लिङ बजारबाट सात घण्टामै चीनको सीमावर्ती रहेको