सप्तरीमा कोरोना संक्रमित जनप्रतिनिधिको मृत्यु | Khabarhub Khabarhub

सप्तरीमा कोरोना संक्रमित जनप्रतिनिधिको मृत्यु


२७ आश्विन २०७७, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

सप्तरी- सप्तरीका कोरोना संक्रमित एक जनप्रतिनिधिको आज मृत्यु भएको छ ।

स्वास्थ्य कार्यालय सप्तरीका निमित्त प्रमुख दुनियाँलाल यादवका अनुसार तिरहुत गाउँपालिका–३ का कोरोना संक्रमित ४६ वर्षीय वडा सदस्यको मृत्यु भएको छ ।

अर्बुदरोगग्रस्त वडा सदस्यको चितवनस्थित भरतपुर अस्पतालमा उपचारका क्रममा मृत्यु भएको हो ।

उपचारका क्रममा कोरोना टेष्ट गर्दा उनमा कोरोना पोजेटिभ आएको थियो । यससँगै सप्तरीमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या २१ पुगेको छ ।

यसैबीच सप्तरीमा आज एक नेपाली सैनिकसहित थप १० जनामा कोरोना पुष्टि भएको छ ।

यससँगै जिल्लामा संक्रमितको संख्या एक हजार ४५३ पुगेको छ । तीमध्ये एक हजार १२९ घर फर्केका छन् ।

प्रकाशित मिति : २७ आश्विन २०७७, मंगलबार  ९ : ५३ बजे

चेपाङ बस्तीमा पक्की विद्यालय भवन निर्माण

भरतपुर– चितवनको इच्छाकामना गाउँपालिका–१ स्थित राष्ट्रिय आधारभूत विद्यालयको पक्की भवन

लहानको खुट्टीखोलामा घाट निर्माण

सिरहा– सिरहाको लहान नगरपालिका–४ स्थित खुट्टीखोला किनारमा सुविधासम्पन्न घाट निर्माण

अतिक्रमित जग्गा फिर्ता ल्याउने कामलाई तीव्रता दिन गृहको निर्देशन

काठमाडौँ– गृह मन्त्रालयले अतिक्रमित सार्वजनिक तथा सरकारी जग्गा साविककै अवस्थामा

एक वर्षमा ३१ हजार विदेशी पर्यटक घोडेपानीमा

म्याग्दी– विसं २०८० मा ३१ हजारभन्दा बढी विदेशी पर्यटकले म्याग्दीको

चिनियाँ आइफोनमा ह्वाट्स एप र थ्रेड्स प्रतिबन्ध

बेइजिङ– एप्पल कम्पनीले चीनमा रहेको आफ्नो एप्पल एप स्टोरबाट मेटाका