व्यवसाय सञ्चालनमा जिम्मेवार बन्न राष्ट्रिय व्यवसायिक पहलको आग्रह | Khabarhub Khabarhub

व्यवसाय सञ्चालनमा जिम्मेवार बन्न राष्ट्रिय व्यवसायिक पहलको आग्रह


२७ आश्विन २०७७, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- राष्ट्रिय व्यवसायिक पहलले कोरोना महामारीको यस विषम परिस्थितिमा सुरक्षा सम्बन्धी मापदण्ड पालना गरेर व्यवसाय सञ्चालन गर्न अनुरोध गरेको छ ।

पहलले आज विज्ञप्ति जारी गर्दै आम उपभोक्ता सबैमा समेत स्वास्थ्य सुरक्षा सम्बन्धी निर्धारित मापदण्डको पालना गर्न अनुरोध गरेको हो । सुरक्षित समाज निर्माणका लागि आ–आफ्नो जिम्मेवारीलाई अगाडि बढाउन पहलले आग्रह गरेको छ ।

समृद्ध मुलुक निर्माणको लागि असल व्यावसायिक अभ्यासको प्रवर्द्धन एवं कार्यन्वयनमा सम्बन्धित सबै पक्षको सहयोग एवं सकारात्मक योगदान रहेने विश्वास पहलले लिएको विज्ञप्तिमा जनाएको छ ।

विज्ञप्तिमा भनिएको छ–‘६ महिनाभन्दा लामो लकडाउन तथा निषेधाज्ञाका कारण धराशायी भएका सम्पूर्ण आर्थिक तथा व्यावसायिक क्षेत्रले सकारले लकडाउन खुकुलो पारेसँँगै विस्तारै गति लिन शुरु गरेको छ । यो अवस्थामा आम उपभोक्तासँग जोडिने व्यवसायिक क्षेत्र अझ बढी संवेदनशील हुनु जरुरी छ ।’

उसले केही व्यवसायिक फर्म तथा कम्पनीबाट मानव जीवन र स्वास्थ्यसँग प्रत्यक्ष असर पार्ने वस्तुहरको विक्रिी वितरण भएकोप्रति ध्यानाकर्षण भएको जनाएको छ ।

यस्तो छ विज्ञप्ति-

 

प्रकाशित मिति : २७ आश्विन २०७७, मंगलबार  ६ : ४३ बजे

जापानको मानवरहित चन्द्रमा ल्यान्डर तेस्रो चन्द्र रातसम्म जीवित

टोक्यो– जापानको चन्द्रमा ल्यान्डर आफ्नो प्रमुख कार्यपछि दुई साताको अर्को

महोत्तरीका वनक्षेत्रमा फेरि डढेलो

महोत्तरी– महोत्तरीका वनक्षेत्रमा फेरि वन डढेलोका घटना बढ्न थालेका छन्

बोलेरोको ठक्करबाट तीन जनाको मृत्यु

दमक– पूर्वपश्चिम राजमार्गअन्तर्गत झापाको शिवसताक्षी–झिलझिले खण्डमा आज बिहान बोलेरोले र

कर्तव्य ज्यान मुद्दाका फरार प्रतिवादी १७ वर्षपछि पक्राउ

भोजपुर– भोजपुरमा कर्तव्य ज्यान मुद्दाका फरार प्रतिवादी १७ वर्षपछि पक्राउ

वैदेशिक रोजगारका क्रममा गर्भवती हुने महिला ‘नेपाली पुरुष’ बाटै शोषणमा

काठमाडौं– वैदेशिक रोजगारका क्रममा गर्भवती भएर फर्किने अधिकांश महिला नेपाली