हात्तीखोरको सैनिक ब्यारेक भित्रै जुवाखाल ! | Khabarhub Khabarhub

हात्तीखोरको सैनिक ब्यारेक भित्रै जुवाखाल !



नवलपुर– जिल्ला प्रहरी कार्यालय नवलपरासी (बर्दघाट सुस्तापूर्व) जिल्लामा जुवातास बिरुद्धको अभियान तीब्र बनाइरहेका बेला जिल्लाकै सैनिक ब्यारेक भित्रै जुवा अड्डा रहेको खुलासा भएको छ ।

कावासोतीको हात्तीखोरस्थित वन तथा पर्यावरण सुरक्षा गण अन्तर्गतको राष्ट्रिय सेवा दल (एनसीसी) ब्यारेकभित्रै जुवा अड्डा रहेको खुलासा भएको हो ।

दशैं, तिहार तथा छठ पर्वको सम्मुखमा जिल्ला प्रहरी कार्यालयले सुरक्षा अभियान तीब्र पारिरहेका बेला सेनाकै ब्यारेकभित्र जुवा अड्डा फेला परेपछि ब्यारेकभित्रै छानबिन थालिएको एक सैनिक अधिकारीले बताए ।

केही दिनयता प्रहरीले जुवा खेलिरहेका सर्वसाधारणलाई जिल्लाको विभिन्न ठाउँबाट पक्राउ गरी कारबाही चलाएको छ ।

जिल्लाको मध्यबिन्दु नगरपालिका २ कोल्हुवास्थित एक होटलबाट जुवाखालबाटै चार जनालाई प्रहरीले पक्राउ गरेको थियो ।

सैनिक ब्यारेकभित्र जुवा खेल्ने अड्डा रहेको गुनासो प्रहरी कार्यालयमा पुगेपछि जिल्ला प्रशासनमार्फत सैनिक ब्यारेकका प्रमुख सेनानी कर्णेल शारदाभक्त माटाङगुलुङ्लाई जानकारी गराएको जिल्ला प्रहरी कार्यालय नवलपुरका प्रमुख प्रहरी उपरीक्षक प्रकाश मल्लले बताए ।

सदरमुकाम कावासोतीका विभन्न होटल तथा घरहरुमा नियमित जुवा खेलाउने अड्डा रहेको सूचना पाएपछि प्रहरीले खोजबिन थालेको हो ।

प्रहरीको अभियान चलिरहँदा सैनिक ब्यारेकभित्रै जुवा खेलाउन अड्डा बनाएको भेटिएपछि सैनिक ब्यारेक भित्र मात्र होइन, प्रहरी कार्यालयमै तरंग फैलिएको छ ।

प्रकाशित मिति : २७ आश्विन २०७७, मंगलबार  १० : ४१ बजे

‘मनसरा’ नौलो अभ्यास : फिल्म प्रचार गर्न कविता कन्सर्ट

काठमाडौं– ‘मनसरा’ टिमले कविता कन्सर्टमार्फत चलचित्रको प्रचार गर्दै आएको छ

ललितपुरमा एन्फा अन्तरकलेज फुटसल हुने

काठमाडौं– अखिल नेपाल फुटबल संघ (एन्फा) को आयोजनामा हुने बैशाख

तातो हावाले नेपालगञ्जको जनजीवन प्रभावित

खजुरा– चर्को गर्मी र तातो हावा ‘लु’ का कारण बाँके

जलवायु परिवर्तनले फैलिँदै मलेरिया

लागोस– गत वर्ष अमेरिकामा स्थानीयरूपमा प्रसारित मलेरिया थोरै सङ्ख्यामा पाइएपपछि

टोकियोका दर्शकले पलसँगै बसेर ‘पुजार सार्की’ हर्ने पाउने !

काठमाडौं– चलचित्र ‘पुजार सार्की’ जापानभर प्रदर्शनमा आउने भएको छ ।